काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

भैँसीपालनबाट किसानको जीवनस्तर फेरिँदै

1.2K
shares

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका थारू समुदाय पछिल्लो समय व्यावसायिक भैँसीपालनतर्फ आकर्षित भएका छन् ।

दूध बिक्रीबाट मनग्य आम्दानी हुन थालेपछि थारू समुदायको जीविकोपार्जन सहज हुनुका साथै बचत गर्ने बानीको विकास भएको छ ।

शुक्लाफाँटा नगरपालिका– २ गुल्लरपट्टीका चन्द्रलाल चौधरीले विगत छ वर्षदेखि व्यावसायिक भैँसीपालन गर्दै आएका छन् । उनले दैनिक नौ लिटर दूध उत्पादन गर्छन् । जसमध्ये दुई लिटर घरमा राखेर सात लिटर डेरीमा बिक्री गर्छन् । प्रतिलिटर ७० रुपैयाँका दरले दूध बेचेर उनले दैनिक चार सय ९० र मासिक १४ हजार सात सय आम्दानी गर्दै आएका छन् ।

‘दूध बिक्रीबाट आएको पैसाले नुन, तेल, औषधिमुलो र लुगाफाटोको खर्च टरेको छ,’ चौधरीले भने, ‘बैंकबाट ऋण लिएर किनेको ट्याक्टरको किस्ता तिर्न धौधौ परेका बेला यही भैँसीको दूधले ठूलो सहारा दिएको छ ।’ भैँसीलाई चारो खुवाउनेदेखि गोबर सोहोर्नेसम्मका सबै काम उनी आफैँ सम्हाल्छन् ।

यसैगरी नगरपालिका– ११ का वडा सदस्य जयसिंह रानाले पनि व्यावसायिक रूपमा भैँसी पालेका छन् । दैनिक छ लिटर दूध डेरीमा पुर्‍याउने राना भन्छन्, ‘भैँसी पाल्न थालेपछि घरमा खर्चको अभाव कहिल्यै भएको छैन, अहिले त उल्टै अरुलाई सापटी दिन सक्ने भएका छौँ ।’