काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

आगामी बुधबार काठमाडौं महोत्सव हुँदै

2.25K
shares

नेपाल उद्योग वाणिज्य सङ्घले यही माघ १४ देखि १७ गतेसम्म भृकुटीमण्डपमा ‘काठमाडौं महोत्सव तथा व्यापार मेला’ आयोजना गर्ने भएको छ ।

महोत्सवका माध्यमबाट स्थानीय उत्पादन, कला, संस्कृति, पर्यटन, व्यापार, नवप्रवर्तन तथा उद्यमशीलताको प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा गरिएको सङ्घका अध्यक्ष दिनेश श्रेष्ठले बताए ।

महोत्सवमा २०० भन्दाबढी अत्याधुनिक तथा व्यवस्थित व्यावसायिक ‘स्टल’मा स्थानीय तथा राष्ट्रिय उत्पादन र सेवाको प्रदर्शनी गरिनेछ ।

साथै हस्तकला, मूर्तिकला तथा पर्यटन प्रवद्र्धनसम्बन्धी कार्यक्रम पनि समावेश गरिएका छन् । उनले लघु, घरेलु, साना तथा मझौला उद्योगलाई आफ्ना उत्पादनको बजारीकरण गर्न मेला उपयोगी हुने बताए । काठमाडौँ महानगरपालिका र उपत्यकाभित्रका छ वटा पालिकाका सबै वडाका मौलिक उत्पादन पनि महोत्सवमा प्रदर्शन गरिने छन् ।