global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ टाइगर कपमा न्यू डायमण्डको दोस्रो जित

टाइगर कपमा न्यू डायमण्डको दोस्रो जित

टाइगर कपमा न्यू डायमण्डको दोस्रो जित

पोखरामा जारी छैटौँ टाइगर कप भलिबल प्रतियोगितामा न्यू डायमण्ड स्पाेर्ट क्लबले दोस्रो जित दर्ता गरेको छ।

आइतबार बिहान विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) माथि ३-० को सोझो सेटको जित दर्ता गरेको हो।

न्यू डायमण्डले पहिलो सेट २५-१७, दोस्रो सेट २५-२१ र तेस्रो सेट २५-२३ ले आफ्नो पक्षमा पारेको हो। खेलमा प्लेयर अफ द म्याच न्यू डायमण्डकी सुमित्रा रेग्मी घोषित भइन्।

न्यू डायमण्डको यो लगातार दोस्रो जित हो। उद्घाटनमा उसले विभागीय त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको थियो।

आइतबार नै महिलातर्फ नेपाल पुलिस क्लब र थाइल्याण्ड क्विन्सबीच प्रतिस्पर्धा हुनेछ। पुरुषतर्फ एपीएफ र पर्वत भलिबल संघ तथा पुलिस र आर्मीबीच आमनेसामने हुने आयोजकले जनायो।

माघ १७ गतेसम्म संचालन हुने प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ ५ टिमले भाग लिएका छन्। २ विदेशी टिम छन्।

प्रकाशित समय : ११:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु