काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

पर्वतका सबै उम्मेदवार योग्य

1.76K
shares

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पर्वतमा उम्मेदवारी दिएका कुनै पनि राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरु विरुद्ध उजुरी परेको छैन ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त विवरणअनुसार मनोनयन दर्ता गराएका सबै उम्मेदवार योग्य भएपछि अब मनोनयन दर्ता फिर्तापछि मतपत्र छापिने भएको छ । एक मात्रै प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको पर्वतमा बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन पत्र दर्ता गरेका उम्मेदवार विरुद्ध उजुरी दिने समय तालिका तोकिएको थियो ।

मुख्य निर्वाचन अधिकृत वासुदेव पौडेलका अनुसार उम्मेदवार विरुद्ध उजुरी नपरेपछि १३ राजनीतिक दलका तथा चार स्वतन्त्र उम्मेदवारको नामावली प्रकाशन गरिएको छ । अब पर्वतमा मनोनयनपत्र दर्ता गरेका सबै उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ ।

पर्वतमा नेपाली कांग्रेसवाट अर्जुनप्रसाद जोशी, नेकपा (एमाले) बाट पदम गिरी, नेपाली कम्युनिष्ट पार्टीबाट मनहरि शर्मा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट सागर भुसालले मनोनयनपत्रदर्ता गरेका थिए ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दुर्गाबहादुर मल्ल, नेपालमजदुर किसान पार्टीवाट ऐलिना सुवाल, नेपाल कम्युनिष्ट पार्टी माओवादीबाट कृष्णबहादुर विक, आमजनता पार्टी (एकल चुनाव चिह्नबाट) पवित्रा मल्ल, राष्ट्रिय जनमोर्चावाट भीमलाल न्यौपाने, राष्ट्रिय जनमुक्ति पार्टीबाट मायापाईजा पुन फकामी मगर, उज्यालो नेपाल पार्टीबाट यमबहादुर चोचाङ्गी पुन, मङ्गोल नेशनल अर्गनाईजेशनबाट लालकुमारी थापा राना, नेशनल रिपब्लिक नेपालबाट वीरबहादुर गुरुङ मनोनयन पत्र दर्ता गरेका थिए।

यसैगरी स्वतन्त्रबाट सीतादेवी शर्मा, सावित्रि शर्मा, मिना पौडेल शर्मा र गङ्गालाल रिमालले मनोनयन पत्र दर्ता गरेका थिए । शुक्रबार उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको जिल्ला निर्वाचन अधिकारी बुद्धिराम उपाध्यायले जानकारी दिए । पर्वतमा आगामी निर्वाचनका लागि एक लाख २५ हजार चार सय ६६ मतदाता, ७६ मतदानस्थल र १५१ मतदान केन्द्र तय गरिएको छ ।