काठमाण्डौ क्षेत्र नं ३ मा जय मातृभूमि पार्टीबाट अविन मेन्याङबो उम्मेदवार
वि.सं.२०८२ माघ ७ बुधवार १३:०४
shares
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; brp_mask:0; brp_del_th:null; brp_del_sen:null; delta:null; module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 8;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 35;
काठमाण्डौ । जय मातृभूमि पार्टीका अविन मेन्याङबो काठमाडौँ निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका छन।
आगामीफागुन २१ गते हुने निर्वाचनको लागि मातृभूमि पार्टीका तर्फबाट युवा नेता एवं जेनजी २/० अभियानका प्रवक्ता उनले काठमाडौँ क्षेत्र न। ३ मा उम्मेदवारी दर्ता गराएका हुन् ।
आमा चुनाव चिन्ह लिई निर्वाचनमा होमिएका अविन मेन्याङबो युवाको आवाज, अधिकार र सहभागितालाई राष्ट्रिय वहसको केन्द्रमा ल्याउन निरन्तर प्रयासरत छन् ।
सामाजिक न्याय, लोकतान्त्रिक मुल्य, पारदर्शिता र उत्तरदायी शासनप्रति गहिरो विश्वास राख्ने मेन्याङबो युवा पुस्ताको सोंच, भावना र अपेक्षालाई संस्थागत रुपमा अभिव्यक्त गर्ने सशक्त पात्रको रुपमा परिचित छन् ।
उनले युवामा बढ्दो निरासा, बेरोजगारी, अवसरको अभाव र राज्यप्रणालीप्रतिको अविश्वासलाई चुनौतिको रुपमा लिदै नयाँ सोंच, नयाँ शैली र प्रविधिमैत्री राजनीतिक पक्षमा स्पष्ट धारण राख्दै आएका छन् ।






















