गृहपृष्ठ ‘द ब्ल्यू लाइट’मा पहिलो पटक भिलेन बनेकी सृष्टि श्रेष्ठ
‘द ब्ल्यू लाइट’मा पहिलो पटक भिलेन बनेकी सृष्टि श्रेष्ठ
अभिनेत्री सृष्टि श्रेष्ठले फिल्म ‘द ब्ल्यू लाइट’मा नेगेटिभ भूमिकामा पहिलो पटक देखिएको छ ।
शुक्रबार आयोजित ट्रेलर सार्वजनिक कार्यक्रममा निर्देशक बलिराम चौहानले फिल्म फरक रहेको बताए, जसमा प्रेम, धोका र बदलाको कथा समेटिएको छ। फिल्म माघ १६ गते रिलिज हुने भएको छ, जसमा बेनिशा हमाल, अर्पण थापा लगायतका कलाकारको अभिनय रहेको छ।
अभिनेता अपर्णले फिल्मको कथा राम्रो भएकोकारण आफ्नो रोजाइमा परेको र ‘फिल्म हिट फ्लप बजारको कुरो हो’, उनले भने ‘हामीले राम्रो दिने कोसिस गरेका छौ ।’
अभिनेत्री बेनिशा हमालले कार्यकारी निर्माताको रूपमा यो फिल्मबाट सुरु भएको अभिनेत्रीको रूपमा पाएको माया र साथ जस्तै निर्माताको रूपमा पनि सबैबाट पाउने आशा व्यक्त गरिन् ।
ललितपुरको लबिम महलमा आयोजित कार्यक्रममा सार्वजनिक ट्रेलरमा प्रेम, छलकपट र धोका समेटिएको छ ।
माघ १६ गते रिलिज हुने चलचित्रलाई बलिराम चौहानले निर्देशन गरेका हुन् । उनको यो डेब्यु निर्देशन हो ।
स्काइफल पिक्चर्सले प्रस्तुत गरेको ‘द ब्ल्यू लाइट’को को–प्रोडुसरको रूपमा भोलानाथ कटुवाल र रमन ग्रे रहेका छन् । कार्यकारी निर्मातामा भने छायाकार नरेन्द्र मैनाली र नायिका बेनिशा हमाल छन् ।
प्रकाशित समय : १०:४७ बजे




















