global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ बकैया कप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा

बकैया कप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा

बकैया कप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा

मकवानपुर । ७ औँ संस्करणको बकैया कप फुटबल प्रतियोगिता सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको छ। पर्सि सोमबारदेखि सुरु हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बकैया खेलकुद विकास समितिका संयोजक विजय लामा थिङले जानकारी दिए।

सातौँ संस्करणदेखि महिला र पुरुष दुवै तर्फको खेल समावेश गरिने भएपछि प्रतियोगिताप्रति झनै उत्साह बढेको बकैया गाउँपालिका खेलकुद विकास समितिका संयोजक विजय लामा थिङले बताए। यसले स्थानीय खेलाडीहरूलाई थप अवसर प्रदान गर्नुका साथै खेलकुद क्षेत्रमा लैङ्गिक समानतालाई पनि प्रवद्र्धन गर्ने अपेक्षा गरिएको छ।

यसैबीच प्रतियोगिताको खेलतालिका सार्वजनिक गरिएको छ। स्थानीय तहमा खेलकुदको विकास, युवाहरूलाई लागूपदार्थ, हिंसा तथा अन्य नकारात्मक गतिविधिबाट टाढा राखी सकारात्मक र अनुशासित जीवनशैलीतर्फ प्रेरित गर्ने उद्देश्यले बकैया कप आयोजना हुँदै आएको आयोजक समितिले जनाएको छ।

प्रतियोगिताले गाउँपालिका भित्रका युवाबीच आपसी सद्भाव, भाइचारा र सामाजिक एकतालाई थप मजबुत बनाउने विश्वास आयोजकको छ।

प्रकाशित समय : १०:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु