काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मेला महोत्सवमा कलाकारको चाप, पुष्कल शर्माको प्रस्तुतिमा दर्शकको भीड

2.37K
shares

काठमाडौं । यतिबेला देशभर आयोजना भइरहेका मेला महोत्सवका कारण कलाकारहरू व्यस्त देखिएका छन् । राजधानी काठमाडौंमा स्थिर नबसी एक स्थानबाट अर्को स्थानसम्म यात्रा गर्दै उनीहरू निरन्तर मञ्चमा प्रस्तुत भइरहेका छन् । कलाकारहरूको जीवनशैली नै यात्रामय हुने गरेको छ ।

विभिन्न जिल्लामा १५ देखि २० दिनसम्म सञ्चालन हुने मेला महोत्सवमा दर्शकलाई मनोरञ्जन प्रदान गर्न कलाकारहरू गीत संगीतमार्फत माहोल तताइरहेका छन् । मेला महोत्सवमा चर्चित कलाकारदेखि स्थानीय कलाकारसम्मको उल्लेख्य उपस्थिति रहने गरेको छ । दर्शकको चाहनाअनुसार गीत गाउने, नचाउने र रमाइलो गराउने कलाकारहरूको प्रस्तुतिले मेला थप आकर्षक बन्दै गएको छ ।

मञ्चअगाडि दर्शकको ठूलो भीड लाग्दा कलाकारहरूमा थप उत्साह देखिन्छ । यसले कलाकार र दर्शकबीचको आत्मीय सम्बन्धलाई अझ मजबुत बनाएको छ । यही भीड र उत्साहबीच नेपाली लोकदोहोरी तथा विविध विधाका गीतमार्फत एकछत्र लोकप्रियता कमाइरहेका गायक पुष्कल शर्मा पनि यतिबेला मेला महोत्सवमा व्यस्त देखिएका छन् ।

लोकदोहोरीदेखि झ्याउरे गीतसम्म उनका सिर्जनाहरू निरन्तर चर्चामा छन् । स्टेजमा पुष्कलले गीत गाउन सुरु गर्नासाथ दर्शकहरू नाच्न र रमाउन मात्र होइन, आफ्नै जीवनसँग मेल खाने गीत सुनेर भावुक बन्ने गरेका छन् । उनका ‘मुटु जलाई जलाई’, ‘चिता’, ‘मलामी’, ‘निभेको लाल्टिन’, ‘आउँछौ आउँदैनौ’ लगायतका थुप्रै गीतहरू नेपाली समाजमा अत्यन्त लोकप्रिय छन् । समयसापेक्ष विषयवस्तु समेटिएका गीत बजारमा ल्याउँदै आएका शर्माले निरन्तर चर्चा कमाइरहेका छन् । गीत संगीत प्रेमीमाझ उनलाई नचिन्ने सायदै भेटिन्छन्, जसले उनको लोकप्रियतालाई स्पष्ट पार्छ ।

मेला महोत्सवमा पुष्कलको प्रस्तुतिमा सधैंझैं दर्शकको उल्लेख्य भीड लाग्ने गरेको छ । यही क्रममा उनी आगामी माघ १ गते आठौँ माघे सङ्क्रान्ति मगर मेलाको अवसरमा बर्दघाट जाने कार्यक्रम तय भएको लोकदोहोरी कलाकार शर्माले जानकारी दिए । बर्दघाट नगरपालिका–१४ धर्मबस्तीमा आयोजना हुने उक्त मेलामा उनको विशेष प्रस्तुति रहने शर्माले बताए ।