गृहपृष्ठ अमेरिकाको भिसा आवेदन दिँदा अब नेपालीले पनि १५ हजार डलरसम्म धरौटी राख्नुपर्ने
अमेरिकाको भिसा आवेदन दिँदा अब नेपालीले पनि १५ हजार डलरसम्म धरौटी राख्नुपर्ने
अमेरिकाको भिसा आवेदन दिँदा अब नेपालीले पनि १५ हजार डलरसम्म धरौटी राख्नुपर्ने
काठमाडौं । संयुक्त राज्य अमेरिकाले पर्यटक तथा व्यवसायिक प्रयोजनका लागि जारी हुने बी १÷बी २ भिसामा नयाँ ‘भिसा बन्ड’ व्यवस्था लागू गरेको छ ।
अमेरिकी विदेश मन्त्रालयले जनवरी मंगलबार जारी गरेको पछिल्लो अपडेट अनुसार यो व्यवस्था अमेरिकी आप्रवासन ऐनको धारा २२१९न० ९३० तथा अस्थायी अन्तिम नियम अन्तर्गत पाइलट कार्यक्रमका रूपमा कार्यान्वयनमा ल्याइएको हो ।
नयाँ व्यवस्थाअनुसार तोकिएका देशका नागरिक वा राष्ट्रियताका व्यक्तिहरू, जो बी १÷बी२ भिसाका लागि अन्य सबै हिसाबले योग्य ठहरिन्छन, उनीहरूले ५ हजार, १० हजार वा १५ हजार अमेरिकी डलर बराबरको धरौटी ९बन्ड० राख्नुपर्नेछ । धरौटीको रकम भिसा अन्तर्वार्ताका क्रममा कन्सुलर अधिकृतले निर्धारण गर्नेछन् । भिसा बन्ड राख्नका लागि आवेदकले अमेरिकी गृह सुरक्षा विभागको फर्म समेत बुझाउनुपर्नेछ । साथै, आवेदकले अमेरिकी कोष विभागको अनलाइन भुक्तानी प्रणाली मार्फत बन्डको रकम तिर्न सहमति जनाउनुपर्ने व्यवस्था गरिएको छ । यो नियम भिसा आवेदन कहाँबाट दिइएको हो भन्ने कुरासँग असम्बन्धित रूपमा लागू हुने जनाइएको छ ।
अधिकारीहरूले भिसा बन्ड तिरेको आधारमा भिसा स्वीकृत हुन्छ भन्ने ग्यारेन्टी नहुने स्पष्ट गरेका छन् । कन्सुलर अधिकृतको निर्देशनबिना शुल्क तिरेको अवस्थामा उक्त रकम फिर्ता नहुने पनि उल्लेख गरिएको छ ।
प्रकाशित समय : १५:३० बजे



















