काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

खोटाङमा करिब दुई हजार मतदाता बढ्यो

2.39K
shares

खोटाङमा अघिल्लो निर्बाचनको तुलनामा झण्डै दुई हजार मतदाता संख्या बृद्दि भएको छ । आगामी फागुन–२१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि जिल्लामा एक लाख ४७ हजार १ सय २० जना मतदाता कायम भएका छन् । दश स्थानीय तह रहेको खोटाङमा पुरुष ७७ हजार ६ सय ५६ र महिला ६९ हजार ४ सय ६४ जना मतदाता कायम भएका हुन् ।

जिल्लामा यसअघि कायम भएका एक लाख ४४ हजार ४ सय २९ जना मतदातामध्ये ८ सय १० जना मतदाताले अन्तर जिल्ला मतदान केन्द्र कायम गरेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी रविन मगरले बताए । निर्वाचन अधिकारी मगरका अनुसार नयाँ मतदाता नामावली दर्ता गर्ने तथा पूराना मतदाताको अद्यावधिक गर्दा एक हजार ८ सय ८१ जना नयाँ मतदाता थपिएको हो ।

प्रतिनिधिसभातर्फ एउटा मात्र निर्वाचन क्षेत्र रहेको खोटाङमा आगामी निर्वाचनका लागि १ सय ३६ वटा मतदानस्थल तथा १ सय ९५ मतदान केन्द्र निर्धारण गरिएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा आगामी निर्वाचनका लागि नेपाल सरकारले मुख्य निर्वाचन अधिकृत समेत खटाइसकेको छ ।

२०७९ सालको निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनबाट तत्कालीन नेकपा माओवादी केन्द्र)का रामकुमार राई ‘पासाङ’ निर्वाचित भएका थिए । जिल्लामा आगामी निर्बाचनमा पनि पूरानै दलबीच प्रतिस्पर्धा हुने आँकलन गरिएको छ ।