global ime bank Long Banner Ad

गृहपृष्ठ चुनावअघि तालिबानी अधिकारी बङ्गलादेशको भ्रमणमा

चुनावअघि तालिबानी अधिकारी बङ्गलादेशको भ्रमणमा

चुनावअघि तालिबानी अधिकारी बङ्गलादेशको भ्रमणमा

बङ्गलादेशमा फेब्रुअरीमा हुने निर्वाचनअघि आफ्नो राजनीतिक प्रभाव बढाउने प्रयास गर्दै अफगान तालिबान अधिकारीहरूले बङ्गलादेशको भ्रमण गरी इस्लामिक नेताहरूसँग भेट गरेका छन् ।

बङ्गलादेश–अफगानिस्तान चेम्बर अफ कमर्शका अध्यक्ष अबु सायेम खालिदले काबुलको विदेश मन्त्रालयका महानिर्देशक नूर अहमद नूरको भ्रमणले व्यापारिक सम्बन्ध विस्तार गर्न मद्दत गरेको बताए ।

इस्लामवादी खेलाफात–ए–मजलिश पार्टीका नेता मामुनुल हकले एक हप्ताको बङ्गलादेश भ्रमणका क्रममा नुर मदरसाको पनि भ्रमण गरेका छन ।

“यो एक शिष्टाचार भेट थियो, हामी यहाँको सबैभन्दा ठूला मदरसाहरूमध्ये एक चलाउँछौं,” हकले भने । भ्रमणका क्रममा हकले अन्य केही मदरसाको पनि भ्रमण गर्नुभएको थियो ।

नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुस नेतृत्वको बङ्गलादेशको अन्तरिम सरकारले यस विषयमा कुनै टिप्पणी गरेको छैन । विदेश मन्त्रालयका एक अधिकारीले नाम नबताउने शर्तमा नूरको भ्रमण ‘व्यक्तिगत’ भएको बताएका छन् ।

बहुसंख्यक सुन्नी मुस्लिम रहेको र १७ करोड जनसङ्ख्या भएको बङ्गलादेशले सन् २०२४ मा तत्कालिन प्रधानमन्त्री शेख हसिनालाई सरकारबाट अपदस्थ गरेको जनविद्रोहपछि पहिलो पटक चुनावको तयारी गरिरहेको छ ।

मुस्लिम ब्रदरहुडसँग वैचारिक रूपमा आबद्ध देशको सबैभन्दा ठूलो र सबैभन्दा सङ्गठित इस्लामिक पार्टी जमात–ए–इस्लामीले हसिनाको १५ वर्षे शासनकालमा वर्षौंको प्रतिबन्ध र दमनपछि औपचारिक राजनीतिमा फर्कन खोजेको छ।

व्यापक मानवअधिकार उल्लङ्घनका लागि दोषी ठहर गरिएकी हसिनाले इस्लामवादी आन्दोलनविरुद्ध कडा नीति लिएका थिए । आतङ्कवादविरुद्धको सुरक्षा अभियानको निरीक्षण गर्ने क्रममा धेरै कट्टर इस्लामबादी बङ्गलादेशी नागरिक मारिएका र सयौँ पक्राउ परेका थिए ।

तालिबानको प्रतिबन्धित लडाकू समूह हर्कत–उल–जिहाद अल–इस्लामीको बङ्गलादेशसँग लामो समयदेखि सम्बन्ध थियो, जसका केही सदस्यहरूले अफगानिस्तानमा सोभियत सेनाविरुद्ध लडेका थिए ।

इस्लामिक स्कुल र मुस्लिम सङ्गठनको प्रभावशाली गठबन्धन हिफाजत–ए–इस्लामका नेताहरुले गत सेप्टेम्बरमा अफगानिस्तानको भ्रमण गरेका थिए ।

ढाकाको प्रोथम आलो पत्रिकासँग कुरा गर्दै उनीहरूले ‘नियममा आधारित समाज’ को रूपमा त्यहाँ देखेको कुराको प्रशंसा गरे ।

विश्वको चौथो सबैभन्दा बढी मुस्लिम बहुल देश बङ्गलादेश इस्लामिक अभ्यासका विविध पक्षहरूको घर हो, जसमा कट्टरपन्थी इस्लामवादीहरूले प्रायः निन्दा गर्ने महत्वपूर्ण सुफी समुदाय पनि समावेश छ ।

बङ्गलादेशमा सानो शिया समुदाय पनि छ । यहाँका लगभग १० प्रतिशत बङ्गलादेशीहरू मुस्लिम छैनन् । उनीहरू मुख्यतया हिन्दू र इसाई र अन्य धर्ममा विश्वास गर्छन् ।

प्रकाशित समय : २१:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु