गृहपृष्ठ सांस्कृतिक विविधताको संरक्षण र विकास साझा दायित्वः प्रदेश प्रमुख भट्ट
सांस्कृतिक विविधताको संरक्षण र विकास साझा दायित्वः प्रदेश प्रमुख भट्ट
गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले सांस्कृतिक विविधताको संरक्षण र विकास गर्नु साझा दायित्व भएको बताएका छन ।
तमु धिं नेपालद्वारा तमु ल्होछारको अवसरमा पोखरामा आयोजित तमु ल्होछार महोत्सव–२०८२ को आज उद्घाटन गर्दै उनले भाषा, संस्कृति, वेशभूषा र संस्कार आआफ्नो जातीय पहिचान र मौलिक सभ्यताका आधारस्तम्भ रहेको बताए ।
ल्होछार तमु जातिको सामाजिक तथा सांस्कृतिक पक्षको प्रतिनिधित्व गर्ने मुख्य पर्व भएकाले यसको मौलिकता जोगाइराख्नुपर्नेमा उनले जोड दिए । तमु समुदायको सर्प वर्ग (सप्री ल्हो)समाप्त भएर घोडा वर्ग (त ल्हो) को आरम्भ भएको अवसरमा उनले सबैमा शुभकामना पनि व्यक्त गरे ।
ल्होछार, ट्होंटे जस्ता पर्वको मौलिकता जोगाइराख्नु मुख्य चुनौती रहेको बताउँदै प्रदेश प्रमुख भट्टले यी महत्वपूर्ण पर्वहरूलाई जोगाउने अबको मुख्य जिम्मेवारी युवाहरूको काँधमा रहेको उल्लेख गरे ।
तमु धिं नेपालका अध्यक्ष हुमबहादुर तमुको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष कर्म तमु, गण्डकी प्रदेशसभा सदस्य सरस्वती तमुलगायतले ल्होछारको सांस्कृतिक महत्वलगायतका विषयमा आआफ्ना धारणा राखेका थिए ।
प्रकाशित समय : २१:०१ बजे



















