global ime bank Long Banner Ad

गृहपृष्ठ राष्ट्रिय भलिबल प्रतियोगिताः आर्मी क्वाटरफाइनलमा प्रवेश

राष्ट्रिय भलिबल प्रतियोगिताः आर्मी क्वाटरफाइनलमा प्रवेश

राष्ट्रिय भलिबल प्रतियोगिताः आर्मी क्वाटरफाइनलमा प्रवेश

नवौँ एनभिए राष्ट्रिय पुरुष तथा महिला भलिबल च्याम्पियनसिपअन्तर्गत आज भएको पुरुषतर्फको खेलमा त्रिभुवन आर्मी क्लब क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको समूह ‘डी’ को खेलमा आर्मीले कीर्तिपुर भलिबल ट्रेनिङ सेन्टरलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेको हो ।

आर्मीले कीर्तिपुरमाथि पहिलो सेट २५–१९, दोस्रो सेट २५–२१ तथा तेस्रो तथा अन्तिम सेट २५–२१ ले जित निकाल्यो । आर्मीले पहिलो खेलमा कोशी प्रदेश भलिबल सङ्घलाई पराजित गरेको थियो ।

त्यसैगरी सोही स्थानमा आजै भएको अर्को खेलमा रुकुम पश्चिम भलिबल क्लब पनि प्रतियोगिताको क्वाटर फाइनलमा पुगेको छ । रुकुम पश्चिमले जावलाखेल भलिबल ट्रेनिङ सेन्टरलाई ३–१ को सेटमा पराजित गर्दै प्रतियोगिताको क्वाटर फाइनलमा पुगेको हो ।

पाकिस्तानी खेलाडी सम्मिलित रुकुम पश्चिमले २५–२०, २५–१८, २३–२५, २५–१८ ले जित निकाल्यो । समूह ‘सी’ मा रहेको रुकुम पश्चिमले पहिलो खेलमा बूढानीलकण्ठ भलिबल क्लबलाई ३–० सेटले हराएको थियो ।

प्रकाशित समय : २०:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु