गृहपृष्ठ एनआई सी एशिया बैंकका ग्राहकहरुलाई आईएमई हस्पिटालिटीमा १०प्रतिशत छुट सुविधा

एनआई सी एशिया बैंकका ग्राहकहरुलाई आईएमई हस्पिटालिटीमा १०प्रतिशत छुट सुविधा

एनआई सी एशिया बैंकका ग्राहकहरुलाई आईएमई हस्पिटालिटीमा १०प्रतिशत छुट सुविधा

एनआई सी एशिया बैंक लिमिटेड र आईएमई हस्पिटालिटी प्रा. लि. बीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

उक्त समझदारी पत्रमा बैंकको तर्फबाट डिजिटल एण्ड ट्रान्जेक्सन बैंकिङ्ग प्रमुख विमल लम्साल र आईएमई हस्पिटालिटी प्रा. लि.का तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रसन्न अधिकारीले हस्ताक्षर गरे ।

यस बैंकको डेबिट वाक्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरूलाई आईएमई हस्पिटालिटी अन्तर्गतका विभिन्न होटल, रेष्टुरेन्ट तथा केबलकार सेवाहरूमा १० प्रतिशतको आकर्षक छुट उपलब्ध हुने समझदारी भएको छ ।

जसमा आईएमई हस्पिटालिटीले आफ्ना विभिन्न सेवाहरू जस्तै होटल ले हिमालय (लाजिम्पाट), इलाहोटल्स एण्ड रिसोट्र्स (मौलाकाली), इला कम्फर्ट (बाग्लुङ), द लेकसाइड रिसोर्ट (पोखरा), सेक एण्ड फेंग रेष्टुरेन्ट (लाजिम्पाट), मौलाकाली केबलकार र लुम्बिनी केबलकारमा १० प्रतिशतसम्मछुट उपयोग गर्न सकिनेछ ।

यस सुविधाको उपयोग गर्न ग्राहकहरुले यस बैंकको डेबिट कार्ड वाक्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्नुपर्ने छ । उक्त होटलसँगको यस सहकार्यले ग्राहकहरुलाई छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगद रहित कारोबारमा सहयोगपुग्ने बैंकले विश्वास लिएको छ ।

 

प्रकाशित समय : १५:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु