आज २०८२ साल पौष १० गतेको राशिफल
वि.सं.२०८२ पुस १० बिहीवार ०६:५७
shares

वि.सं.२०८२ साल पौष १० गते । बिहीबार । इस्वी सन् २०२५ डिसेम्बर २५ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । शिशिर ऋतु । श्रीशाके १९४७ । पौष शुक्लपक्ष । तिथि–पञ्चमी, ९ घडी ५० पला, बिहान १० बजेर ५० मिनेट उप्रान्त षष्ठी । नक्षत्र–शतभिषा । योग–बज्र, १७ घडी ३० पला, दिउँसो १ बजेर ५४ मिनेट उप्रान्त सिद्धि । करण–बालव, बिहान १० बजेर ५० मिनेट उप्रान्त कौलव, बेलुकी १० बजेर ३३ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–वज्र योग । चन्द्रराशि–कुम्भ ।
काठमाडौँमा सूर्योदय बिहान ६ बजेर ५४ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर १३ मिनेट ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आम्दानीमा वृद्धि गर्न सकिनेछ । मनग्गे धन आर्जन गर्न सकिनेछ । माया प्रेमको बन्धन सफल हुने छ । मन खुसी रहनेछ । अध्ययन वा कामको सिलसिलामा लामो दुरीको यात्रा हुनेछ । मन परेको मानिसबाट उपहार प्राप्तिको योग रहेको छ ।
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) सामाजिक क्षेत्रमा राम्रा काम गरी नाम कमाउन सकिनेछ । मित्र तथा आफन्तको सहयोग पाइने छ । नयाँ काम पाइने तथा नोकरीमा पदोन्नतिको गतिलो योग रहेको छ । व्यापारको लगानीबाट लाभ लिन सकिनेछ । खानपान, यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । प्रेमील जोडीहरूका लागी समयले साथ दिनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) पढाइमा मन जानेछ । लामो दुरीको यात्रा हुने छ । सामाजिक काममा मन जानेछ । नयाँ काम गर्न सकिनेछ योग रहेको छ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) खानपान ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । अप्रिय घटना नहोला भन्न सकिन्न । आफन्त तथा दिदी बहिनीसँग मनमुटाब बढ्नेछ । खर्च बढ्नाले दैनिकी प्रभावित हुनेछ भने अध्ययन वा कामको सवालमा यात्राको योग रहेको छ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आफन्त तथा साथीभाइको सहयोग पाइने योग रहेको छ । व्यापारमा आम्दानी गरी आर्थिक अवस्था सुदृढ बनाउन सकिनेछ । उपहार प्राप्तिको योग रहेको छ भने मनोरञ्जनमा समय व्यातित हुनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) प्रतिस्पर्धामा विजय हुने योग रहेको छ । कुरा काट्ने तथा ईर्ष्या गर्नेहरू हार खानेछन् । पुराना ऋण तथा रोगहरूलाई किनारा लगाउँदै परिणाममुखी काम गर्न सकिनेछ । व्यापार व्यवसायमा गरिने लगानीले भविष्यमा नाफा कमाउन सकिनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) पढाइ लेखाइमा नतिजा राम्रै ल्याउन सकिनेछ । व्यापार व्यवसाय सुधार भएर जानेछ । चिट्ठा पर्ने तथा उपहार प्राप्तिको गतिलो योग रहेको छ । सामाजिक काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । आफन्त तथा छोराछोरीको प्रगतिमा मन प्रसन्न हुनेछ ।
वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) पुरानै कामलाई निरन्तरता दिएको राम्रो होला । मन खिन्न हुनेछ । परदेशको यात्रा गर्नुपर्दा असहज महसुस हुनेछ । तर पनि खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) समय तथा भाग्यले साथ दिने हुँदा सानो आम्दानी गर्न सकिनेछ । आफन्तको सहयोग पाइनेछ । मायामा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ । अनलाइन व्यापार, निर्माण सामाग्री तथा बिलासी सामानको व्यापारमा लगानी गर्नेहरूका लागी समय उत्तम रहेको छ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापारबाट आम्दानी गर्न सकिने योग रहेको छ । बोलीको प्रभाव बढ्ने हुँदा बोलेकै भरमा कामहरू सम्पादन हुनेछन् । खोज तथा अनुसन्धानको क्षेत्रमा खर्चिएको समयबाट सकारात्मक नतिजा आउने हुनाले मन प्रसन्न हुनेछ । पारिवरका साथ रहेर मिष्टान्न भोजन गर्ने अवसर मिल्नेछ । आफन्तबाट भनेजस्तो सहयोग पाइने हुँदा काम गर्न सहज हुनेछ । यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) पारिवारिक माहौलमा समय बित्ने छ । राजनीति तथा सामाजिक कार्यमा जनताको समर्थन रहनेछ । अनलाइन व्यापार, टेक्निकल सामान तथा नयाँ प्रविधिको प्रयोग गरी आम्दानीमा वृद्धि गर्न सकिनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) समयमा आर्थिक समस्या हुनेछ । लेनदेनको विवादले हुन सक्छ ख्याल गर्नुहोला । टाढाको यात्रा गर्दा यात्राको क्रममा समस्या आउन सक्ने । शरीरमा आलस्यता बढ्नुका साथै भौतिक तथा बिलासी वस्तु हराउन सक्छ ।
























