global ime bank Long Banner Ad

गृहपृष्ठ राम अशिष यादव मधेश प्रदेश सभाको सभामुख चयन

राम अशिष यादव मधेश प्रदेश सभाको सभामुख चयन

राम अशिष यादव मधेश प्रदेश सभाको सभामुख चयन

रौतहट । मधेश प्रदेश सभाको सभामुखमा जसपा नेपालका राम अशिष यादव चयन भएका छन् ।
सभामुख चयनका लागि आईतबार मधेश प्रदेश सभाको बेठकमा भएको निर्वाचनमा बहुमत प्राप्त गर्दै जसपा नेपालका प्रमुख सचेतक सांसद राम अशिष यादव निर्वाचित भएका छन् ।

सभामुख पदका लागि जसपाका राम अशिष यादव र नेकपा एमालेकातर्फबाट त्रिलोकी प्रसादले उम्मेदवारी दिएका थिए । मत विभाजन प्रक्रिया अपनाइएकोमा राम अशिष यादवको पक्षमा कुल ७२ मत परेको भने विपक्षमा २४ मत परेको थियो । बैठकमा कुल ९६ जना सांसद उपस्थित रहेका थिए ।
यादवको पक्षमा नागरिक उन्मुक्ति पार्टी, जसपा नेपाल, नेकपा माओवादी केन्द्र, जनमत पार्टी, नेकपा एस, लोसपा र नेपाली कांग्रेसका सांसदहरुले मत दिएका थिए ।

प्रकाशित समय : १८:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु