काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मिर्चैया अस्पतालको पुरानो भवनबाट नगरपालिकाको सेवा सुरु

2.52K
shares

सिरहा । यहाँको मिर्चैया नगरपालिकाले मिर्चैयास्थित अस्पतालको पुरानो भवनबाट औपचारिक रूपमा सेवा सुरु गरेको छ । नगरपालिकाले बिहीबारदेखि उक्त भवनलाई अस्थायी कार्यालयका रूपमा प्रयोगमा ल्याउँदै प्रशासनिक तथा सेवामूलक कार्य सञ्चालन थालेको हो ।

जेनजी आन्दोलनका क्रममा मिर्चैया बजारमा अवस्थित नगरपालिकाको कार्यालय भवन पूर्ण रूपमा जलेर ध्वस्त भएपछि नगरपालिकाको नियमित सेवा प्रवाहमा चुनौती उत्पन्न भएको थियो ।

नगर प्रमुख श्रवणकुमार यादवका अनुसार नगरपालिकाको कार्यालय भवन कामै नलाग्ने गरी क्षतिग्रस्त भएपछि तत्काल वैकल्पिक व्यवस्था गरिएको हो । “नगरपालिकाको कार्यालय जलाइएपछि हामी केही समय अन्योलमा प¥यौँ, तर दुःखद र विषम परिस्थितिबीच पनि सम्भावनाको खोजी गर्यौँ । त्यसै क्रममा अस्पतालको यो पुरानो भवन उपयोगी देखियो । पुरानो नगर कार्यालयभन्दा यो भवन झन् फराकिलो र व्यवस्थित छ ।”

अस्पताल नयाँ भवनमा स्थानान्तरण भएपछि उक्त भवन प्रयोगविहीन अवस्थामा थियो । नगरपालिकाले भवनको सरसफाइ र सामान्य मर्मत सम्भार तथा रंगरोगन गरी कार्यालय सञ्चालन गरेको हो ।

नगर प्रमुख यादवले हाल नगरपालिकाको नियमित कामकाजमा कुनै अवरोध नआओस् भन्ने उद्देश्यले एउटै कोठाबाट दुईवटासम्म शाखा तथा फाँट सञ्चालन गरिएको जानकारी दिए । एकतले भवनमाथि ट्रस हालेर थप कोठा निर्माण गर्दै कार्यालय विस्तार गर्ने योजना रहेको उनले बताए।