काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

काश्मीर आक्रमणमा पाकिस्तानमाथि भारतको आरोप

1.26K
shares

भारतको आतङ्कवाद विरोधी प्रमुख निकायले सोमबार भारत प्रशासित काश्मीरमा पर्यटकहरूलाई लक्षित गरी गरिएको घातक आक्रमणको घटनामा संलग्न भएको आरोपमा छ जनाविरुद्ध अभियोग दर्ता गरेको जानकारी दिएको छ । भारतीय अधिकारीहरूले उक्त आक्रमणका लागि पाकिस्तानलाई जिम्मेवार ठहर गरेको बताएका छन् ।

भारतीय अधिकारीहरूका अनुसार अभियोग लगाइएकामध्ये तीन जनाको मृत्यु भइसकेको छ भने दुई जना हाल भारतीय हिरासतमा रहेका छन् । गत अप्रिलमा भएको उक्त आक्रमणमा २६ जनाको ज्यान गएको थियो, जसमा अधिकांश हिन्दू पर्यटकहरू रहेका थिए । सो घटनापछि भारत र पाकिस्तानबीच तनाव चुलिँदै छोटो अवधिको तर तीव्र द्वन्द्वको अवस्था सिर्जना भएको थियो ।

नयाँदिल्लीले काश्मीरको प्रसिद्ध रिसोर्ट सहर पहलगाममा भएको आक्रमणलाई पाकिस्तानको समर्थनमा गरिएको आक्रमणका रूपमा व्याख्या गरेको छ । तर इस्लामाबादले भने यस आरोपलाई स्पष्ट रूपमा अस्वीकार गर्दै आएको छ । प्रारम्भमा ‘द रेजिस्टेन्स फ्रन्ट’ (टिआरएफ)नामक समूहले आक्रमणको जिम्मेवारी लिएको दाबी गरेको थियो ।

संयुक्त राज्य अमेरिकाले टिआरएफलाई पाकिस्तानमा आधारित र संयुक्त राष्ट्रसङ्घद्वारा घोषित आतङ्कवादी सङ्गठन लश्कर–ए–तैयबा (एलइटी(को ‘फ्रन्ट र प्रोक्सी’ का रूपमा वर्णन गर्दै आएको छ । भारतको राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआइए) ले दर्ता गरेको आरोपपत्रमा ‘पाकिस्तानको षड्यन्त्रको विस्तृत विवरण’ समेटिएको बताइएको छ ।