global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ सिप्रदी ट्रेडिङद्वारा मेडिकल प्रोफेशनलका लागि टाटा टियागो ईभीको अफर सार्वजनिक

सिप्रदी ट्रेडिङद्वारा मेडिकल प्रोफेशनलका लागि टाटा टियागो ईभीको अफर सार्वजनिक

सिप्रदी ट्रेडिङद्वारा मेडिकल प्रोफेशनलका लागि टाटा टियागो ईभीको अफर सार्वजनिक

काठमाडौं टाटा मोटर्स नेपालका लागि एकमात्र अधिकृत वितरक सिप्रदी ट्रेडिङ प्रालिले समाजका लागि निरन्तर सेवा गरिरहेका मेडिकल समुदायप्रति सम्मान व्यक्त गर्दै टियागो।इभीका लागि विशेष योजना सार्वजनिक गरेको छ।

यस योजनाअन्तर्गत टियागो।इभी किन्न इच्छुक मेडिकल क्षेत्रका ग्राहकहरूले आकर्षक उपहार, ठूलो नगद छुट तथा प्रिमियम सेवाहरू प्राप्त गर्न सक्नेछन्। साथै हरेक टियागो इभीको बुकिङमा लिटम्यान स्टेथोस्कोप प्रदान गरिनेछ।

अफरको मुख्य आकर्षणका रूपमा ग्राहकले जोडीका लागि बाली भ्रमण, आइफोन १७ प्रो म्याक्स, वा सबैभन्दा ठूलो नगद छुट लगायतका तीन उत्कृष्ट उपहार विकल्पमध्ये कुनै एक रोज्न सक्नेछन् ।

योजनामा थप रूपमा उच्चतम एक्सचेन्ज मूल्य, जीवनभरका लागि डीसी फास्ट चार्जिङ सुविधा, एक वर्षको सवारी कर, निःशुल्क एक्सेसरीज, तथा फ्री होम चार्जर इन्स्टलेसन जस्ता सुविधाहरू पनि समावेश छन्।

प्रकाशित समय : १७:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु