global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ पुस ३ गतेबाट भुजुङ हाइड्रोपावरको आइपीओ आउने

पुस ३ गतेबाट भुजुङ हाइड्रोपावरको आइपीओ आउने

पुस ३ गतेबाट भुजुङ हाइड्रोपावरको आइपीओ आउने

काठमाडौं । पुस ३ गतेबाट भुजुङ हाइड्रोपावरले पहिलो चरणको आइपीओ निष्कासन गर्ने भएको छ। पहिलो चरणमा स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गर्न लागेको हो।

नेपाल धितोपत्र बोर्डले भुजुङ हाइड्रोपावरलाई जारी पुँजी १ अर्ब रुपैयाँको २० प्रतिशतले हुन आउने २० करोड रुपैयाँबराबराको १०० रुपैयाँ अकित दरका साधारण शेयर निष्कासनको अनुमति दिएको छ। जसमा जारी पुँजीको १० प्रतिशत अर्थात १० करोड रुपैयाँबराबरको शेयर आयोजना प्रभावित र १० करोड रुपैयाँबराबरको शेयर सर्वसाधारणका लागि छुट्याइएको छ।

कम्पनीले आयोजना प्रभावित स्थानीयमध्ये लमजुङको क्व्होलासोथार गाउँपालिका वडा नं। ४ प्रत्यक्ष प्रभावित क्षेत्रका लागि ६० प्रतिशतले हुन आउने ६ लाख कित्ता र ४० प्रतिशतले हुन आउने ४ लाख कित्ता सोही गाउँपालिकाका वडा नं। १, २, ३, ५, ६, ७, ८ र ९ का लागि अप्रत्यक्ष रुपमा प्रभावित स्थानीयका लागि जारी गर्दैछ।

यसैरी कम्पनीले सर्वसाधारणका लागि छुट्याएको १० लाख कित्तामध्ये १० प्रतिशतले हुन आउने १ लाख कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीलाई जारी गर्नेछ।

दुवै समूहले यो आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा ५० हजार कित्तासम्म आवेदन दिन पाउनेछन्। स्थानीयले क्व्होलासोथार गाउँपालिका वडा नं। ४ कार्यालय, क्व्होलासोथार गाउँपालिकाको कार्यालय, कुमारी बैंक, सानिमा बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंकको बेसीसहर शाखा र भुजुङ हाइड्रोपावरको काठमाडौंको सामाखुसीस्थित रजिस्टर्ड कार्यालयबाट आवेदन दिन सक्नेछन्।

त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयका साथै सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्नेछन्।

वैदेशिक रोजगारमा रहेका नेपालीका लागि जारी आइपीओका निष्कासन बन्द छिटोमा पुस ७ गते र ढिलोमा पुस १७ गते हुनेछ भने स्थानीयका लागि छिटोमा पुस १७ गते र ढिलोमा माघ २ गते बैंकिङ समयपछि बन्द हुनेछ। यो आइपीओको बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ।

प्रकाशित समय : १४:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु