global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ नेपाल इन्स्योरेन्स कम्पनीद्वारा आयोजित फुटसल प्रतियोगिता सम्पन्न

नेपाल इन्स्योरेन्स कम्पनीद्वारा आयोजित फुटसल प्रतियोगिता सम्पन्न

नेपाल इन्स्योरेन्स कम्पनीद्वारा आयोजित फुटसल प्रतियोगिता सम्पन्न

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीद्धारा यहि मसिंर १९ र २० गते सामाखुसी फुटसलमा आयोजना गरिएको फुटसल प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगितामा नेपाल बीमा प्राधिकरण लगायत सम्पुर्ण, जीवन, निर्जिवन लघु, पुनर्बीमा कम्पनीहरु तथा सर्भेयरहरु सहित २५ संस्थाहरुबाट २८ टिमको सहभागिता रहेको थियो ।

उक्त प्रतिगितामा प्रथम हुने नेको इन्स्योरेन्स, द्धितिय हुने नेपाल माईक्रो इन्स्योरेन्स र तेस्रो हुने हिमालयन एभरेष्ट ईन्स्योरेन्सका खेलाडीहरुलाई कम्पनीका संचालक समितिका अध्यक्ष चन्द्र सिंह साउद र प्रमुख कार्यकारी अधिकृत वीरकृष्ण महर्जनले प्रमाण पत्र,पदक तथा शिल्ड प्रदान गरेका थिए ।

उक्त प्रतियोगितामा बेस्ट गोलकीपर नेपाल माईक्रो इन्स्योरेन्स कम्पनीका रोमन सिंह, बेस्ट डिफाइन्डर हिमालयन एभरेष्ट ईन्स्योरेन्सका सुनिल थापा, उच्च स्कोर हिमालयन एभरेष्ट ईन्स्योरेन्सका दिनेश कुमार सिंह र प्रतिस्पर्धाको उत्कृष्ट खेलाडी नेको इन्स्योरेन्सका युकेश तामाङ्ग लाई ट्रफि प्रदान गरिएको थियो ।

साथै अनुशासित, मर्यादित र निष्पक्ष खेल खेलाए वापत रेफ्रिहरु र उक्त प्रतियोगिताका लागि मैदान उपलब्ध गराउने सामाखुशि फुटसलका राजु महर्जनलाई कम्पनीका संचालक समितिका अध्यक्ष चन्द्र सिंह साउदले मायाको चिनो प्रदान गरेका थिए ।

 

प्रकाशित समय : १५:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु