global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ २१.४८ अंक घट्यो नेप्से, कारोबार रकममा सामान्य सुधार

२१.४८ अंक घट्यो नेप्से, कारोबार रकममा सामान्य सुधार

२१.४८ अंक घट्यो नेप्से, कारोबार रकममा सामान्य सुधार

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचकमा २१.४८ अंकको गिरावट आएको छ ।

नेप्सेमा गिरावट आएसँगै यसदिन नेप्से २६०९.६९ विन्दुमा झरेर रोकिएको छ । यसदिन सेन्सेटिभ इण्डेक्स २.७० अंक, फ्लोट इण्डेक्स १.५७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१४ अंक घटेका छन् ।

अघिल्लो कारोबार दिन ५ अर्ब २३ करोड ५६ लाख ९९ हजार रुपैयाँबराबरको १ करोड ८ लाख ७३ हजार कित्ता शेयर खरिदबिक्री भएको बजारमा यसदिन ३२५ स्टकको ५ अर्ब ३३ करोड ४४ लाख १५ हजार रुपैयाँको १ करोड ७१ लाख ८६ हजार कित्ता शेयर कारोबार भएको छ । कुल ८९ हजार ७३१ पटकको किनबेचमा उक्त कारोबार भएको हो ।

आजको कारोबारमा ४६ कम्पनीको शेयर मूल्य बढेको छ भने २०४ कम्पनीको शेयर घटेको छ र ८ कम्पनीको शेयर स्थीर रहेको छ ।

यसदिन तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । स्वस्तीक लघुवित्त, श्रीनगर एग्रिटेक र झापा इनर्जीको शेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

यसदिन कारोारमा आएका धेरै स्टकहरुको कारोबार नकारात्मक भएपनि बंष्गल हाइड्रोको शेयर मूल्य भने सबैभन्दा बढी ८.५१ प्रतिशतले घटेर प्रतिकित्ता ६०२ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

कारोबार रकमका आधारमा सागर डिस्टिलरी, नाग्दी ग्रप पावर, बन्दिपुर केबलकार र युनाइटेड मोदी हाइड्रोको शेयर सबैभन्दा बढी कारोबार भएको छ । यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ ।

जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.२२ प्रतिशत घटेको छ । यस दिन वित्त, होटल तथा पर्यटन, लघुवित्त र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।

प्रकाशित समय : १५:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु