global ime bank Long Banner Ad

गृहपृष्ठ पोखरा विमानस्थलमा भ्रष्टाचार : ५ पूर्वमन्त्रीविरुद्ध अख्तियारको मुद्दा

पोखरा विमानस्थलमा भ्रष्टाचार : ५ पूर्वमन्त्रीविरुद्ध अख्तियारको मुद्दा

पोखरा विमानस्थलमा भ्रष्टाचार : ५ पूर्वमन्त्रीविरुद्ध अख्तियारको मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गर्ने निर्णय गरेको छ। दर्ता हुने क्रममा रहेको मुद्दाको मिसिलमा ८ अर्ब बिगो दाबी गरिएको छ।

अख्तियारले तत्कालीन मन्त्रीहरू डा. रामशरण महत, पोष्टबहादुर बोगटी, रामकुमार श्रेष्ठ,भीम आचार्य र दिपक अमात्यलाई विपक्षी बनाएको छ। त्यस्तै १० जना तत्कालीन सचिवहरुलाई पनि विपक्षी बनाइएको छ।

संसदीय छानविन समितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा १० अर्ब भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै कारबाहीका लागि अख्तियारलाई सिफारिस गरेको थियो।

विमानस्थल निर्माणमा ठेक्का सम्झौतादेखि नै अनियमितता र भ्रष्टाचार भएको संसदीय छानविन समितिको निष्कर्ष रहेको छ।

प्रकाशित समय : १५:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु