global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ नसर्ने रोग व्यवस्थापन सम्बन्धी कार्यशाला सम्पन्न

नसर्ने रोग व्यवस्थापन सम्बन्धी कार्यशाला सम्पन्न

नसर्ने रोग व्यवस्थापन सम्बन्धी कार्यशाला सम्पन्न

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको केएचडीसी कार्यक्रमले नसर्ने रोग व्यवस्थापन सम्बन्धी एक दिने कार्यशाला गोष्ठी सम्पन्न गरेको छ। एपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, जेनेभा युनिभर्सिटी हस्पिटल र केएचडीसी नेपालको सहकार्यमा गोष्ठी सम्पन्न भएको हो।

प्राथमिक तहका स्वास्थ्यकर्मीहरूलाई लक्षित गरी विकास गरिएको नसर्ने रोग व्यवस्थापन सम्बन्धी पुस्तिका तथा सामग्रीहरूमा परामर्श तथा सुझाव संकलन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो। संकलित सुझावका आधारमा उक्त पुस्तिका तथा सामग्रीहरूलाई अद्यावधिक र परिमार्जन गरी प्राथमिक तहका स्वास्थ्यकर्मीहरूका लागि थप उपयोगी र व्यावहारिक बनाइने बताइएको छ।

यस्तै इस्केमिक हृदय रोग, हृदय विफलता तथा दीर्घकालीन मृगौला रोग व्यवस्थापनसम्बन्धी तालिम तथा सामग्रीको प्राथमिक तहमा आवस्यकताबारे समेत गोष्ठीमा छलफल भएको थियो।

प्रतिष्ठानका उपकुलपतिको अध्यक्षतामा सम्पन्न काठमाडौँमा आयोजित कार्यक्रममा प्रतिष्ठानका पदाधिकारी, कोशी प्रदेशका स्वास्थ्य सचिव यदुचन्द्र घिमिरे, सम्बन्धित पालिकाका सरोकारवाला, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधि, विश्व स्वास्थ्य संगठनका प्रतिनिधि तथा सम्बन्धित विषय विज्ञहरू उपस्थित थिए।

प्रकाशित समय : १२:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु