गृहपृष्ठ लामिनार द्वारा “मेरो सपनाको घर”— नेपालकै पहिलो घर सजावट अभियान सार्वजनिक
लामिनार द्वारा “मेरो सपनाको घर”— नेपालकै पहिलो घर सजावट अभियान सार्वजनिक
लामिनार भिट्रिफाईड टायलले “लामिनार – मेरो सपनाको घर” नामक नेपालकै पहिलो किसिमको कोठा र बाथरूम मेक-ओभर अभियान सुरु गरेको छ।
अभियानको सिर्जनात्मक नेतृत्व मिस नेपाल-२०१६ तथा ईन्टेरियर डिजाइनर
अस्मी श्रेष्ठले गरिरहेकी छिन्। यस अभियान अन्तर्गत बिजेता दुई नेपाली परिवारले आफ्नो घरको एक कोठा तथा एक बाथरूम को पूर्ण रूपान्तरण नि:शुल्क
प्राप्त गर्नेछन्।
मेक-ओभर यि प्रतिष्ठित डिजाइन र lifestyle ब्रान्डहरूको सहकार्यमा कार्यान्वयन हुनेछ — Metalwood Furniture, Kohler Sanitaryware, Brilliant Lighting तथा Emporios Furnishings।
कसरी सहभागी हुने?
1. ३० सेकेन्डदेखि ३ मिनेटसम्मको भिडियो बनाउनुहोस्, जसमा किन तपाईंको कोठा (र आवश्यक परे बाथरूम) लाई
किन मेकओभर चाहिन्छ भनेर भन्नुहोस्,
2. यो भिडियो लाई public रूपमा तपाईको TikTok / Instagram / Facebook मा पोस्ट गर्नुहोस्
3. @laminartiles लाई ट्याग गर्नुहोस् र #LaminarMeroSapanakoGhar ह्यासट्याग प्रयोग गर्नुहोस् ।
छनोट प्रक्रिया
प्रविष्टि भिडियोहरूको मूल्यांकन लामिनार, यसको क्रिएटिभ एजेन्सी, तथा प्रोजेक्ट इन्टेरियर डिजाइनर अस्मी श्रेष्ठ सहितको आन्तरिक समितले गर्नेछ। विजेताहरूको छनौट कथाको प्रस्तुति, आवश्यकता, रचनात्मकता र इन्गेजमेन्ट का आधारमा गरिने छ।
घर मेक-ओभर प्याकेज प्रत्येक विजेताले निम्न वस्तु तथा सेवाहरू प्राप्त गर्नेछन् —
– प्रिमियम सामग्री
– पूर्ण इन्टेरियर डिजाइन
-टर्नकी कार्यान्वयन
– Before–During–After फोटो/भिडियो डकुमेन्टेशन
प्रकाशित समय : १२:२० बजे




















