गृहपृष्ठ नेपालमा हिरो जुम ११० को नयाँ भेरियन्ट बिक्री सुरू
नेपालमा हिरो जुम ११० को नयाँ भेरियन्ट बिक्री सुरू
नेपाली बजारमा हिरो जुम ११० स्कुटरको नयाँ भेरियन्ट बिक्री सुरू भएको छ ।
नेपालका लागि हिरो मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता सीजी मोटर्सले हिरो जुम ११० स्कुटरको कम्ब्याट बीएस ६ ओबीडी टू नयाँ भेरियन्टको बिक्री सुरू गरेको हो ।
कम्पनीले जुम ११० स्कुटरको कम्ब्याट बीएस ६ ओबीडी टू भेरियन्टको मूल्य २ लाख ७४ हजार ९०० रुपैयाँ तोकेको छ ।
कम्पनीले हिरो जुम ११० स्कुटरको कम्ब्याट बीएस ६ ओबीडी टू टप भेरियन्टका रूपमा नेपालमा ल्याएको हो ।यससँगै अब नेपालमा हिरो जुम ११० स्कुटर चार भेरियन्टमा उपलब्ध भएको छ ।
यसअघि नेपालमा हिरो जुम ११० स्कुटरको कम्ब्याक्ट एडिसन, जेड एक्स डिस्क र भीएक्स ड्रम गरी तीन भेरियन्ट बिक्री हुँदै आएको छ ।
जसमा भीएक्स ड्रम भेरियन्टको मूल्य २ लाख ५४ हजार ९०० रुपैयाँ, जेडएक्स डिस्कको २ लाख ६४ हजार ९०० रुपैयाँ र कम्ब्याट एडिसनको २ लाख ७१ हजार ९०० रुपैयाँ रहेको छ ।
प्रकाशित समय : ११:३२ बजे




















