global ime bank Long Banner Ad

गृहपृष्ठ शुक्रबारदेखि भ्याली पब्लिक बास्केटबल शुरु

शुक्रबारदेखि भ्याली पब्लिक बास्केटबल शुरु

शुक्रबारदेखि भ्याली पब्लिक बास्केटबल शुरु

तीन विधामा प्रतिस्पर्धामा हुने भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको १९औं संस्करण शुक्रबारदेखि सुरु हुने भएको छ ।

भ्याली पब्लिक हाई स्कुलको आयोजनामा बुढानीलकण्ठ नगरपालिका–८ स्थित भंगालमा शुक्रबारदेखि मंसिर २९ गतेसम्म प्रतियोगिता हुन लागेको हो । बिहीबार आयोजित एक कार्यक्रममा भ्याली पब्लिकका संस्थापक तथा प्रिन्सिपल कृष्णप्रसाद अधिकारीले प्रतियोगिताका बारेमा जानकारी दिए ।

उक्त प्रतियोगितामा सिनियर ब्वाइज, सिनियर गल्र्स र जुनियर ब्वाइज गरी तीन विधामा प्रतिस्पर्धा हुने भ्याली पब्लिकले जनाएको छ । सिनियर ब्वाइजमा २९ तथा सिनियर गल्र्स र जुनियर ब्वाइजमा समान २७ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

उक्त प्रतियोगिता लिग कम नकआउटको आधारमा हुनेछ । तीन विधामा नै कुल आठ समूहमा विभाजन गरिएको खेलकुद इन्चार्ज पूर्ण न्यौपानेले जानकारी दिए । तीनै विधामा शीर्ष तीन स्थान प्राप्त गर्ने टोलीले क्रमशः २० हजार, १० हजार र पाँच हजार रुपैयाँका साथ ट्रफी पनि पाउनेछन् ।

प्रकाशित समय : ११:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु