global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ वीरगन्जबाट १० केजी चरेस सहित एक जना पक्राउ

वीरगन्जबाट १० केजी चरेस सहित एक जना पक्राउ

वीरगन्जबाट १० केजी चरेस सहित एक जना पक्राउ

रौतहट । पर्सा प्रहरीले लागूऔषध चरेससहित एक जनालाई पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका वडा न. १५ प्रतिमा चोकको सडकमा मंगलबार बिहान पैदल हिँड्दै गरेको अवस्थामा प्रहरीले चेकजाँच गर्ने क्रममा पक्राउ गरेको हो ।

पर्साको धोबिनी गाउँपालिका–५ धोबिनी गाउँ घर भएका ४८ वर्षीय सम्सुल मियाँलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिए ।

उनका अनुसार मियाँले बोकेको कालो रंगको प्लास्टिकको झोलाबाट लागूऔषध चरेस १० केजी बरामद भएको छ ।

चरेससहित पक्राउ गरिएका मियाँलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर उनी विरुद्ध लागूऔषध सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रकाशित समय : १६:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु