global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस विश्वव्यापी रुपमा मनाइँदै

आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस विश्वव्यापी रुपमा मनाइँदै

आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस विश्वव्यापी रुपमा मनाइँदै

काठमाडौं । आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस विश्वभर विभिन्न कार्यक्रमहरु गरि मनाइँदैछ ।

संयुक्त राष्ट्रसंघले सन् १९४९ को २ डिसेम्बरमा मानव बेचबिखन तथा यौन शोषण रोक्नेसम्बन्धी महासभा संकल्प प्रस्ताव पारित गरेको दिनको सम्झनामा हरेक वर्ष यो दिवस मनाइन्छ ।

जातीय विभेद, गरीबी, सामाजिक बहिष्कार तथा असमानतामा आधारित व्यवहारका कारण केही समुदायहरू अझै पनि शोषणको गम्भीर जोखिममा छन् । प्रवासी तथा असुरक्षित श्रमिकहरूलाई घरेलु काम, निर्माण, कृषि, वस्त्र उद्योगदेखि यौन क्षेत्रसम्म विभिन्न आर्थिक शोषणमा लगाइने गरेको पाएको छ । यी मध्ये अधिकांश महिला र बालबालिका बलपूर्वक श्रम गर्न बाध्य पारिएका छन् ।

अन्तर्राष्ट्रिय श्रम सङ्गठनले दासत्व र आधुनिक शोषण अन्त्य गर्न सरकार, नागरिक समाज तथा समुदायबीच सहकार्य आवश्यक रहेको भन्दै पीडितको उद्धार, पुनःस्थापना, न्याय र दीर्घकालीन सुरक्षामा जोड दिएको छ ।

अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)का अनुसार पनि आधुनिक समयमा पनि निकै धेरै मानिसहरू दासताको सिकार भइरहेका छन् । आइएलओको पछिल्लो तथ्यांक अनुसार ४ करोडभन्दा बढी मानिसहरू विश्वभर आधुनिक दासताको सिकार बनेका छन् । हुन त कानुनले आधुनिक दासतालाई परिभाषित गरेको छैन, तर अहिले पनि दबाबपूर्ण रूपमा श्रममा लगाउनु, बालबालिकालाई श्रममा लगाउनु, दबाब दिएर गरिएको विवाह र मानव बेचबिखनलाई दासताका रूप मानेर लिने गरिन्छ ।

प्रकाशित समय : ०८:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु