गृहपृष्ठ इजरायली प्रधानमन्त्री नेतन्याहुले भ्रष्टाचार अभियोगमा मागे माफी
इजरायली प्रधानमन्त्री नेतन्याहुले भ्रष्टाचार अभियोगमा मागे माफी
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आफूमाथि लागेका भ्रष्टाचारसम्बन्धी अभियोगहरूबाट माफी दिनका लागि राष्ट्रपतिसमक्ष लिखित प्रस्ताव पेस गरेका छन्।
ठगी, धोकाधडी, र घुस लिएको अभियोगमा उनको सुनुवाइ चलिरहेको अवस्थामा उनले राष्ट्रपतिको कानुनी विभागमा पत्र पठाउँदै यो आग्रह गरेको जनाएको छ ।
बहालवाला प्रधानमन्त्री छानबिनबाट गुज्रने नेतन्याहु इजरायलको इतिहासमा पहिलो व्यक्ति हुन्।
उनीमाथि आफ्ना धनी राजनीतिक समर्थकहरूलाई सहयोग पुर्याउने उद्देश्यले विभिन्न अवैध कार्य गरेको आरोप लागेको छ। यद्यपि, हालसम्म कुनै पनि अभियोग पुष्टि भइसकेको छैन।
नेतन्याहुले आफूमाथिका सबै आरोपहरू निराधार रहेको दाबी गर्दै आएका छन्। उनले सञ्चारमाध्यम, प्रहरी र न्यायपालिकाले आफूलाई “खेद्न” खोजेको आरोप लगाएका छन्।
प्रकाशित समय : ११:२१ बजे





















