गृहपृष्ठ मधेश प्रदेशका मुख्यमन्त्री नियुक्तिविरुद्धको रिटमा आज सुनुवाइ
मधेश प्रदेशका मुख्यमन्त्री नियुक्तिविरुद्धको रिटमा आज सुनुवाइ
काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति र शपथविरुद्धको रिटमा सोमबार सुनुवाइ हुने भएको छ ।
न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा विहीबारदेखि शुरु भएको अन्तिम सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा आजका लागि सुनुवाइमा राखिएको हो ।
मुख्यमन्त्री नियुक्तिविरुद्ध दुईवटा सार्वजनिक सरोकारका र मधेस प्रदेश कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवसहित ७४ जना प्रदेशसभा सदस्यहरुले रिट दर्ता गरेका थिए ।
तीनवटै रिटमा सर्वोच्चले अन्तरिम आदेश जारी गरिसकेको छ । उक्त रिटमा यसअघि मुख्यमन्त्री यादवलाई दीर्घकालीन महत्त्वको कुनै पनि निर्णय नगर्न नगराउन भन्दै अदालतले अन्तरिम आदेश जारी गरेको थियो ।
प्रकाशित समय : ११:१० बजे




















