गृहपृष्ठ कांग्रेसको विशेष महाधिवेशन नटार्न चेतावनी

कांग्रेसको विशेष महाधिवेशन नटार्न चेतावनी

कांग्रेसको विशेष महाधिवेशन नटार्न चेतावनी

नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधर प्रदेश तथा जिल्ला सभापतिहरुले विशेष महाधिवेशन नटार्न चेतावनी दिएका छन् ।

असोज २८ गतेदेखि बसेको केन्द्रीय कार्यसमिति बैठकले अहिलेसम्म पनि विशेष महाधिवेशनको मिति नतोकेको भन्दै अनेक बहानामा विशेष महाधिवेशन नटार्न चेतावनी दिएका हुन् ।

विज्ञप्ति जारी गर्दै विशेष महाधिवेशन पक्षधरले विभिन्न बहमाना गरेर विशेष महाधिवशेन रोक्ने षड्यन्त्र भइरहेको भन्दै त्यसको निन्दासमेत गरिएको छ ।

विज्ञप्तिमा विशेष महाधिवेशन रोक्न भन्दा मिति तोकेर जतिसक्यो छिटो महाधिवेशन सम्पन्न गर्न केन्द्रीय कार्यसमितिलाई ध्यानाकर्षण गराइएको छ ।

प्रकाशित समय : २०:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु