गृहपृष्ठ एससीसी यू-१९ प्रिमियर कप: नेपाल र यूएईबीच उपाधि भिडन्त
एससीसी यू-१९ प्रिमियर कप: नेपाल र यूएईबीच उपाधि भिडन्त
संयुक्त अरब इमिरेट्स (युएई) मा जारी एसीसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटको उपाधिका लागि नेपाल र आयोजक युएईबीच प्रतिस्पर्धा हुने भएको छ। उपाधिका लागि सोमबार बिहान १०:३० बजे अजमानस्थित करवान मैदानमा खेल हुने छ।
नेपालले मलेसियालाई नौ विकेटले हराएर उपाधि नजिक पुगेको हो। युएईले भने ओमानलाई आठ विकेटले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो।
नेपाल र युएई एसिया कप खेल्नका लागि भने छनोट भइसकेका छन्। प्रतियोगिताको फाइनलमा पुग्ने दुवै टोली सिधैँ एसिया कपमा छनोट हुने प्रावधान छ।
सेमिफाइनलमा पराजित हुने टोलीबीच तेस्रो स्थानका लागि खेल हुने र तेस्रो स्थान हासिल गर्ने टोली पनि एसिया कपमा पुग्ने नियम छ। तेस्रो स्थानका लागि सोमबार मलेसिया र ओमान खेल्ने छन्।
प्रकाशित समय : २०:४० बजे


















