गृहपृष्ठ भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित

भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित

भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित

काठमाडौँ । हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिले आफ्नो कार्यविधि पारित गरेको छ ।

समितिको आज सम्पन्न बैठकले कार्यविधि पारित गरेको समितिका सदस्य एवं सांसद अनुष्का श्रेष्ठले जानकारी दिए ।

“यससँगै हाम्रो अगाडिको कामको व्यापकता अझ स्पष्ट भएको छ, सरकारी निकायहरूले गरिसकेको महत्वपूर्ण कामलाई आधार बनाउँदै उपलब्ध स्रोतको अधिकतम् उपयोग र कामको समन्वय गर्नुपर्छ । आवश्यक ठाउँमा भने स्वतन्त्र अध्ययन र छलफलका लागि पनि पर्याप्त स्थान राख्नुपर्छ”, उनले भने । बैठकले हिमाली समुदायदेखि जलवायु जोखिममा रहेका नदी किनारका बस्तीहरूसम्मको प्रभावलाई कामले समेट्ने जनाएको छ ।

प्रतिनिधिसभाको १५ सदस्यीय समितिको सभापतिमा गणेश पराजुली बिहीबार निर्विरोध निर्वाचित हुनुभएको थियो । सभामुख डोलप्रसाद अर्यालले नवनिर्वाचित सभापति पराजुलीलाई बिहीबार नै पद तथा गोपनीयताको शपथ गराएको थिए । प्रतिनिधिसभा बैठकले यही असोज ५ गते उक्त समिति गठन गरेको थियो ।

समितिमा सभापति पराजुलीसहित सांसदहरु अच्युतम लामिछाने, अनुष्का श्रेष्ठ, गङ्गादेवी श्रेष्ठ, ध्रुवराज राई, धनञ्जय रेग्मी, निशा डाँगी, पुष्पराज कँडेल, मोहन आचार्य, रमेशकुमार मल्ल, मिङ्मा ग्याबु शेर्पा, रविन्द्र पटेल, सरस्वती लामा, सुजाता तामाङ र सीता थपलिया रहेको छन । हिमालमा जलवायु परिवर्तनको प्रभाव तथा भोटेकोशी–त्रिशूली विपद्को अध्ययन गरी प्रभावित नागरिकको पुनःस्थापना, दिगो पुनर्निर्माण, भविष्यको जोखिम न्यूनिकरण, आवश्यक कानुनी तथा संस्थागत सुधार र जलवायु न्यायका लागि राज्यले अवलम्बन गर्नुपर्ने कार्यदिशा सिफारिस गर्नु समितिको उद्देश्य रहेको छ ।

प्रकाशित समय : २१:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु