काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

सिटिजन्स बैंकले नगद लाभांश दिने

1.31K
shares

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १९ औं वार्षिक साधारण सभा अध्यक्ष प्रवल जङ्ग पाण्डेको अध्यक्षतामा सम्पन्न भएको छ।

सभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, एकीकृत वित्तीय विवरण र लेखापरीक्षकको प्रतिवेदन पारित गरेको छ।

बैंकले कुल चुक्तापूँजीको ५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ।

बैंकले हालै ‘बैंक अफ द इयर २०२४’ उपाधि, भर्चुअल ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’, ‘जेन–जी सेभिङ्स’, ‘फ्रिलान्सर सेविङ्स’ र एकीकृत ‘डिजी बैंक सेवा’ जस्ता डिजिटल प्रोडक्टमार्फत सेवा दायरा बढाएको छ।

सिटिजन्स ६१ जिल्लामा २०० शाखा, १६९ एटिएम, ३ विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिँदै आएको छ।