global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ सीजी इलेक्सको जाडो तथा एनपीएल सिजन लक्षित ईएमआई र एक्सचेन्ज अफर

सीजी इलेक्सको जाडो तथा एनपीएल सिजन लक्षित ईएमआई र एक्सचेन्ज अफर

सीजी इलेक्सको जाडो तथा एनपीएल सिजन लक्षित ईएमआई र एक्सचेन्ज अफर

काठमाडौं । सीजी इलेक्ट्रोनिक्सअन्तर्गतको सीजी इलेक्सले जाडोयाम तथा नेपाल प्रिमियर लिग (एनपीएल) लाई लक्षित गर्दै किस्ता (ईएमआई) तथा साटासुट सेवा समावेश भएको नयाँ अफर सार्वजनिक गरेको छ ।

कम्पनीका अनुसार, पुराना उपकरण साट्दा बजारअनुसार नै उच्च मूल्यांकन प्राप्त हुनेछ भने नयाँ उपकरण किस्तामा किन्न दैनिक ४५ रुपैयाँदेखि सुरु हुने सुविधासमेत उपलब्ध हुनेछ ।

अफरमा टेलिभिजन, फ्रिज, धुने मेसिन, हावाताप नियन्त्रण यन्त्र, भाँडा धुने मेसिन, पाकघर रेनज, चिम्नीलगायत घरायसी प्रयोजनका मुख्य सामान समावेश गरिएका छन् । क्रिकेट सिजनलाई ध्यानमा राखेर चार–के स्मार्ट टेलिभिजनका विभिन्न मोडेलमा विशेष किस्ता तथा साटासुट सुविधा उपलब्ध गराइएको कम्पनीले जानकारी दिएको छ ।

४३ इन्चभन्दा ठूला स्मार्ट टेलिभिजन खरिद गर्ने उपभोक्ताले करिब दुई हजार दुई सय रुपैयाँ बराबरको नेट–टीभी नौ महिनाको निःशुल्क सदस्यता प्राप्त गर्नेछन् ।

अफरमा रहेका ब्रान्डहरूमा एलजी, सीजी इन्स्पायरिङ, सीजी मेरिडिया, गोड्रेज, टीसीएल, बर्ली, केन्ट आरओ, माइ्डिया, बेको, ब्ल्याक–डेक्कर, एलिका, सेन्सेई र क्रोम्प्टन समावेश छन् ।

प्रकाशित समय : १९:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु