global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ हेटौंडामा मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु

हेटौंडामा मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु

हेटौंडामा मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु

हेटौंडा । हेटौंडा उप–महानगरपालिका–४, कर्रा चोकस्थित पूर्व–पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा एक पैदल यात्रीको मृत्यु भएको छ ।

हिजो साँझ करिब ६ः३० बजे पशुपतिनगरतर्फबाट हेटौंडा बजारतर्फ जाँदै गरेको ना ३८ प ५८५० नम्बरको मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिँदा घटना भएको हो ।

दुर्घटनामा पर्सा, वीरगञ्ज महानगरपालिका–१६ नागुवा घर भई हाल हेटौंडा–१० कर्रा बस्दै आएकी ५५ वर्षीया खुइली डोम गम्भीर घाइते भएकी थिइन्। उनलाई स्थानीयले तत्कालै उद्धार गरी सोही दिन साँझ ६ः४२ बजे उपचारका लागि हेटौंडा अस्पताल पु¥याए पनि उपचारकै क्रममा ६ः५० बजे मृत्यु भएको अस्पतालका चिकित्सकले जानकारी दिएका छन्।

दुर्घटना स्थलमा तत्काल प्रहरी टोली खटिएको थियो। मोटरसाइकल तथा चालक बारा, सिम्रौनगढ नगरपालिका–११ का २५ वर्षीय सुनिल ठाकुरलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सुभाषचन्द्र बोहराका अनुसार मृतकको शव हेटौंडा अस्पतालमै राखिएको छ र आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको छ।

प्रकाशित समय : ०८:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु