global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ बाजुराका एक बालक धनगढीबाट बेपत्ता, खोजीकार्यका लागी आग्रह

बाजुराका एक बालक धनगढीबाट बेपत्ता, खोजीकार्यका लागी आग्रह

बाजुराका एक बालक धनगढीबाट बेपत्ता, खोजीकार्यका लागी आग्रह

बाजुरा । बाजुराका एक बालक धनगढीबाट बेपत्ता भएका छन्। बाजुराको बुढिनन्दा नगरपालिका वडा नम्बर ७ स्यालकाटियाका अन्दाजी १६ वर्षीय लोकराज जैशी बेपत्ता भएका हुन् ।

अध्यनको सिलसिलामा प्रदेश राजधानी धनगढी बस्दै आएका जैशी धनगढी उपमहानगरपालिका १ शिवनगर बस्दै आएकोमा गत मंसिर ९ गते मध्यान्ह १२ बजे कोठाबाट निस्किएका थिए। कोठाबाट निस्किएको दिनदेखि उनी बेपत्ता छन्।

उनी धनगढी स्थिति पन्चोदय माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययरत थिए । उनको खोजीकार्य भैरहेको भएपनी कुनै अत्तोपत्तो छैन । हराएको दिन देखि खोजिरहेको भए पनि फेला नपरेको वेपत्ताका आफन्त महेश जैशीले बताए ।

उनका अनुसार वेपत्ता बालकको खोजीको लागी प्रहरी समक्ष निवेदन सहित खोजतलासको लागी आग्रह गरिएको समेत बताए । साथै जो कोहीले  पनि खोजी गरिदिन हुन आग्रह गरेका छन्।

बेपत्ता जोशीलाई कोही कसैले भेटाएमा सम्पर्क नम्बर ९७६८४९२४००,९७६६९७०८२१२ र ९७६६५५८७६५ सम्पर्क गरि सहयोग गरिदिन हुन  आफन्तले आग्रह गरेका छन्। खोजिमा सहयोग गर्न अपिल गर्दै जिल्ला प्रहरी कार्यालय धनगढी कैलालीमा समेत जानकारी गराईएको छ । तर बालकको खोजी कार्य जारी भए पनि अहिलेसम्म भेटाउन सकिएको छैन्।

प्रकाशित समय : ०८:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु