global ime bank Long Banner Ad

गृहपृष्ठ टिकटकद्वारा नयाँ कन्ट्रोल सुविधासहित एआई पारदर्शिता विस्तार

टिकटकद्वारा नयाँ कन्ट्रोल सुविधासहित एआई पारदर्शिता विस्तार

टिकटकद्वारा नयाँ कन्ट्रोल सुविधासहित एआई पारदर्शिता विस्तार

टिकटकले प्लेटफर्ममा देखिने AI-निर्मित कन्टेन्टबारे मानिसहरूले अझ राम्रोसँग बुझ्न, चिन्न र नियन्त्रण गर्न मद्दत गर्ने उद्देश्यले नयाँ अपडेटहरूको श्रृंखला सार्वजनिक गरेको छ।

जिम्मेवारीपूर्वक र पारदर्शिताका साथ प्रयोग हुँदा AI ले सिर्जनात्मकता बढाउन, खोज-अनुसन्धान सहज बनाउन र सुरक्षालाई बलियो बनाउन मद्दत गर्छ भन्ने टिकटकको विश्वास छ। यहि विश्वासलाई आधार बनाएर ल्याइएका यी अपडेटहरूले समुदायलाई AI सँग कसरी अन्तरक्रिया गर्ने भन्नेबारे अझ स्पष्ट जानकारी र बढी विकल्पहरू दिनेछन्।अब “Manage Topics” फिचरभित्र AI-निर्मित कन्टेन्टको लागि एउटा नयाँ कन्ट्रोल सेटिङ परीक्षण गरिँदैछ।

यस सेटिङमार्फत प्रयोगकर्ताले आफ्नो फर यू फीडमा कति AI-निर्मित कन्टेन्ट देखिने भन्ने कुरा आफैं मिलाउन सक्नेछन्। AI मार्फत बनेका कथावाचन, शिक्षासम्बन्धि क्लिप्स वा क्रिएटिभ कन्टेन्ट हेर्न रुचाउनेले यस्तो सामग्री बढी देखिनेगरी सेट गर्न सक्नेछन्। त्यस्तै, AI कन्टेन्ट धेरै मन नपर्नेहरूले यसलाई सहजै घटाउन सक्नेछन्। यो सुविधा टिकटकलाई विशेष बनाउने विविध र सिर्जनात्मक कन्टेन्ट नहटाईकनै, प्रयोगकर्ताले आफ्नो फिडलाई आफ्नै रुचिअनुसार मिलाउन मद्दत गर्न तयार गरिएको हो। यसले व्यक्तिगत रुचिअनुसार कन्टेन्ट सिफारिस गर्न मद्दत गर्ने कस्टमाइज गर्न मिल्ने कीवर्ड फिल्टरहरू र “not interested” बटन जस्ता अन्य टुलहरूलाई अझ प्रभावकारी बनाउँदै, मानिसहरूले आफूलाई मनपर्ने कुराहरू सजिलै खोज्न र हेर्न सकून् भन्ने उद्देश्य राख्छ।

पारदर्शिता अझ मजबुत बनाउन टिकटकले आफ्नो AI लेबलिङ प्रणालीलाई अझ उन्नत गर्दैछ। प्लेटफर्मले पहिले नै क्रिएटर लेबल, AI डिटेक्शन मोडेल र C2PA कन्टेन्ट क्रिडेन्सियल्स जस्ता विधिहरू प्रयोग गर्दै आएको छ, जसका माध्यमबाट हालसम्म १.३ अर्बभन्दा ज्यादा भिडियोहरू पहिचान गरी लेबल गरिएका छन्। अब, टिकटक “इनभिजिबल वाटरमार्किङ” नामको नयाँ समाधान परीक्षण गर्दैछ।

इनभिजिबल वाटरमार्कहरू टिकटकका प्रणालीहरूले मात्र पढ्न सक्ने मजबूत डिजिटल चिन्ह हुन्, जसलाई अरूले हटाउन अत्यन्त कठिन हुन्छ। यी वाटरमार्कहरू भिडियो एडिट वा रि–पोस्ट गरेपछि पनि कायम रहने भएकाले AI लेबलिङ अझ भरपर्दो र दीर्घकालीन बन्छ। आगामी हप्ताहरूमा टिकटकले AI Editor Pro जस्ता आफ्नै टुलहरूबाट बनेको AI कन्टेन्ट तथा C2PA कन्टेन्ट क्रिडेन्सियल्स सहित अपलोड गरिएको कन्टेन्टमा यस्तो इनभिजिबल वाटरमार्क जोड्न सुरु गर्नेछ। यसबाहेक, टिकटकले विश्वभर AI शिक्षा विस्तार गर्न २ मिलियन डलरको AI लिटरेसी फण्ड स्थापना गरेको छ। यो कोषले विभिन्न देशका गैर-नाफामुलक संगठन र विशेषज्ञहरूलाई शैक्षिक सामग्री बनाउन सहयोग गर्नेछ।

प्रकाशित समय : १९:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु