काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

भारतको पार्या पर्यटन बृद्धि गर्नका लागि एडीबीद्वारा सात करोड ७० लाख अमेरिकी डलर ऋण स्वीकृत

1.68K
shares

एसियाली विकास बैङ्क(एडीबी) ले भारतको मेघालय राज्यमा पर्या पर्यटन र प्राकृतिक खेतीलाई बढावा दिई दिगो जीविकोपार्जन सिर्जना गर्न सात करोड ७० लाख अमेरिकी डलर ऋण स्वीकृत गरेको छ ।

यस परियोजनाले प्रकृतिमा आधारित पर्यटन, “जलवायु–स्मार्ट” खेती र वन संरक्षणसँग एकीकृत गरी महिला र आदिवासी समुदायसहित ८ हजार भन्दा बढी स्थानीय मानिसका लागि आर्थिक अवसर सिर्जना गर्ने जनाइएको छ ।

एडीबीको उत्तरपूर्वी आर्थिक कोरिडोर अध्ययनले मेघालयको विकासका प्रमुख अवयवका रुपमा प्रकृतिमा आधारित पर्यटन र व्यावसायिक कृषिलाई पहिचान गरेर परियोजनालाई आकार दिन मद्दत गरेको छ ।

परियोजनाका मुख्य घटकहरूमा प्रकृतिमा आधारित पारिस्थितिक पर्यटन आगन्तुक सुविधाहरू निर्माण गर्ने समावेश छ जसले परम्परागत शिल्प र सीपहरूका लागि व्याख्या केन्द्र र प्रदर्शन क्षेत्रहरू र कृषि उत्पादनहरूका लागि बजारका रूपमा काम गर्दछ ।

यस परियोजनाले पारिस्थितिक प्रणालीमा आधारित भुक्तानी मार्फत २५ हजार हेक्टर सामुदायिक वन पुनस्र्थापना गर्ने जनाइएको छ । यसका साथै जलवायु “स्मार्ट अभ्यास” अपनाउन र सिँचाइ प्रणालीहरूको पुनःस्थापना गर्न किसानहरूलाई सहयोग गर्नेछ ।

यसका साथै एडीबीले संस्थागत क्षमता बढाउन, बजार सम्बन्धलाई सुदृढ पार्न र कार्बन र जैविक विविधता जस्ता नवीन वित्तीय संयन्त्र मार्फत दिगोपन सुनिश्चित गर्न थप १० लाख डलर प्राविधिक सहायता अनुदान प्रदान गर्नेछ ।