global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ डिजिटल हिंसा रोक्न सरकार प्रतिबद्ध छ: सञ्चारमन्त्री खरेल

डिजिटल हिंसा रोक्न सरकार प्रतिबद्ध छ: सञ्चारमन्त्री खरेल

डिजिटल हिंसा रोक्न सरकार प्रतिबद्ध छ: सञ्चारमन्त्री खरेल

सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले बदलिँदो परिवेशमा प्रविधिको विकाससँगै महिला तथा बालिकामाथि हुने डिजिटल हिंसा रोक्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

संयुक्त राष्ट्रसंघीय नेपाल टिमद्वारा मङ्गलबार आयोजित ‘लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान’ को औपचारिक शुभारम्भ गर्दै मन्त्री खरेलले महिला र बालिकाहविरुद्ध हुने डिजिटल हिंसा अन्त्यका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिएका हुन् ।

यस वर्षको विश्वव्यापी नारा ‘युनाइट टु एन्ड डिजिटल भायोलेन्स अगेन्स्ट अल वुमन एन्ड गल्र्स’ (सबै महिला र बालिकाहविरुद्ध हुने डिजिटल हिंसा अन्त्यका लागि एक होऔँ) निकै सान्दर्भिक रहेको भन्दै मन्त्री खरेलले डिजिटल दुनियाँ अब दैनिक जीवनभन्दा अलग नरहेको उल्लेख गरे ।

‘प्रविधिले सिकाइ र कामलाई सहज बनाए पनि धेरै महिला तथा किशोरीका लागि यो क्षेत्र अझै पनि जोखिमपूर्ण र असुरक्षित रहेको छ,’ उनले भने ।

‘अनलाइन उत्पीडन, साइबर स्टकिङ, अनुमति बिना तस्बिरको प्रयोग, घृणा फैलाउने अभिव्यक्ति र ट्रोलिङले त्रास र धम्की सिर्जना गर्छ,” मन्त्री खरेलले भने, ‘यसले महिलाको आवाज बन्द गराउने, उनीहरूलाई डिजिटल स्थानबाट बाहिर धकेल्ने र अभिव्यक्ति तथा सूचनाको मौलिक हक कुण्ठित गर्ने काम गर्छ ।’

अनलाइनमा सुरक्षित महसुस नगर्दासम्म डिजिटल प्रगतिलाई पूर्ण वा निष्पक्ष मान्न नसकिने उनको भनाइ छ ।

प्रकाशित समय : १४:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु