गृहपृष्ठ इजरायलमा नौ जना शीर्ष सैन्य अधिकारी बर्खास्त
इजरायलमा नौ जना शीर्ष सैन्य अधिकारी बर्खास्त
इजरायलमा नौ जना शीर्ष सैन्य अधिकारीहरूलाई बर्खास्त गरिएको छ । इजरायल रक्षा बलका प्रमुख, लेफ्टिनेन्ट जनरल इयाल जामिरले अधिकारीहरूले अक्टोबर ७, २०२३ मा हमासको आक्रमण रोक्न असफल भएका कारण बर्खास्त गरिएको बताएका छन् ।
सुरक्षा कमजोरीको निष्पक्ष अनुसन्धान र हमासको आक्रमणको निष्पक्ष अनुसन्धानको माग गर्दै आइतबार इजरायलमा विरोध प्रदर्शनहरू भएका तिह्ये । यसले यी अधिकारीहरूलाई बर्खास्त गर्न सरकारमाथि दबाब बढाएको थियो ।
इजरायली सेना प्रमुख जामिरले यी अधिकारीहरूलाई बोलाएर उनीहरूको बर्खास्तको घोषणा गरेका थिए । बर्खास्त हुनेमा मेजर जनरल अहरोन हालिवा, मेजर जनरल ओदेद बसिउक, मेजर जनरल यारोन फिंकेलाम्यान, ब्रिगेडियर जनरलहरुमा एवी रोसेनफेल्ड, गिमेल र योसी सरियल, कर्णेल एरियल लुबोव्स्की, कर्णेल हाइम कोहेन, लेफ्टिनेन्ट कर्णेल अलेफ रहेका छन् ।
जामिरले विज्ञको अनुसन्धान प्रतिवेदनको आधारमा कमाण्डरहरूविरुद्ध थप निर्णय लिने बताएका छन् । यद्यपि धेरैजसो बर्खास्त गरिएका अधिकारीहरूले पहिले नै सेना छोडिसकेका छन् र कहिले मात्र आफ्नो कार्यकाल पूरा नभएसम्म आफ्नो वर्तमान पदहरूमा सेवा गरिरहनेछन् ।
प्रकाशित समय : १०:२४ बजे




















