global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ ‘साहसिक खेलमार्फत कोशीको पर्यटन प्रवर्द्धन गर्नेछौँ’

‘साहसिक खेलमार्फत कोशीको पर्यटन प्रवर्द्धन गर्नेछौँ’

‘साहसिक खेलमार्फत कोशीको पर्यटन प्रवर्द्धन गर्नेछौँ’

धरान  । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले साहसिक खेलमार्फत प्रदेशको पर्यटन प्रवर्द्धन गर्दै कोशीलाई अन्तरराष्ट्रिय खेल तथा पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने बताउनुभएको छ । नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ सङ्घको आयोजनामा आजदेखि धरानमा सुरु भएको तीनदिने अन्तरराष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग प्रतियोगिताको उद्घाटन गर्दै उहाँले पर्यटन क्षेत्रले प्रदेशको पहिचान निर्माणसँगै राष्ट्रिय आय, पुँजी निर्माण र आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने उल्लेख गरे ।

मुख्यमन्त्री कार्कीले कोशी प्रदेश हिमाल, पहाड र तराई तीनै भू(भाग समेटिएको प्रदेश भएकाले ‘प्याराग्लाइडिङ’, ‘र्‍याफ्टिङ’लगायत साहसिक खेलका लागि उपयुक्त गन्तव्य भएको बताए । युवालाई खेलकुदतर्फ आकर्षित गर्दै यस प्रतियोगिताले धरानलाई अन्तरराष्ट्रियस्तरमा चिनाउन महत्वपूर्ण योगदान पुग्ने  विश्वास व्यक्त गरे ।

प्रतियोगिता खेलकुदमा मात्र सीमित नभई नेपालको साहसिक पर्यटन प्रवर्द्धन र अन्तरराष्ट्रिय पहिचान विस्तारमा समेत महत्वपूर्ण हुने मुख्यमन्त्री कार्कीले धारणा राखे । खेल प्रवर्द्धनका क्षेत्रमा प्रदेश सरकार सधैँ सहयोग गर्न तयार रहेको उल्लेख गर्दै  आगामी आर्थिक वर्षमा अन्तरराष्ट्रियस्तरका प्रतियोगिता सञ्चालन गर्नसक्ने गरी बजेट विनियोजन गरिने प्रतिबद्धता व्यक्त गरे ।

प्रदेशको पर्यटन प्रवर्द्धन र भ्रमण वर्षसँग जोडेर यस वर्ष १० भन्दा बढी अन्तरराष्ट्रिय खेल प्रतियोगिता आयोजना गर्ने तयारी भइरहेको जानकारी दिँदै मुख्यमन्त्री कार्कीले नेपालमा प्याराग्लाइडिङजस्तो साहसिक खेलको केन्द्रका रूपमा कोशी प्रदेशको पनि धरानलाई स्थापित गरिने बताए ।

प्रतियोगितामा नेपाल र भारतका ३२ जना पाइलटको सहभागिता रहेको सङ्घका अध्यक्ष भूपेन्द्र चाम्लिङले जानकारी दिए। प्रतियोगितामा प्रथम हुनेले एक लाख ५० हजार, दोस्रो हुनेले एक लाख र तेस्रो हुनेले ७५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।

प्रकाशित समय : १७:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु