काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

लक्ष्मी ई-मोबिलिटीद्वारा पोखरामा केई र फोर्थिङ शोरुमको उद्घाटन

3.53K
shares

नेपालमा केई र फोर्थिङ इलेक्ट्रिक सवारीसाधनका अधिकृत वितरक लक्ष्मी ई-मोबिलिटीले पोखराको बुद्धचोकमा नयाँ शोरुमको उद्घाटन गरेको छ ।

सोमबार लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक सुनिल श्रेष्ठले शोरुमको औपचारिक उद्घाटन गर्दै कम्पनीले पश्चिम क्षेत्रमा आफ्नो उपस्थितिलाई अझ मजबुत बनाउँदै आधुनिक, दिगो र प्रविधिमैत्री इलेक्ट्रिक सवारीसाधनलाई ग्राहकसम्म झनै नजिक ल्याएको बताए । “बिक्रीसँगै बिक्री पछिको सेवा हाम्रो प्राथमिकता हो,” श्रेष्ठले भने ।

उद्घाटन समारोहलाई लक्षित गर्दै कम्पनीले विशेष ग्राण्ड ओपनिङ अफर घोषणा गरेको छ, जसअन्तर्गत विशेष नगद सुविधा, बोस ब्रान्डका इलेक्ट्रोनिक उपहार, एक वर्षको निःशुल्क अटो प्लस इन्सोरेन्स तथा रोड–ट्याक्स प्याकेज, साथै प्रत्येक बुकिङमा एक रातको आकर्षक स्टे–प्याकेजको व्यवस्था गरिएको छ ।

कम्पनीका अनुसार नयाँ शोरुमले पोखराका ईभी प्रेमीलाई उच्चस्तरीय खरिद अनुभव दिलाउनेछ र वातावरणमैत्री गतिशीलताप्रति संगठनको प्रतिबद्धता अझ सुदृढ हुनेछ ।