global ime bank Long Banner Ad

गृहपृष्ठ मेडिकल काउन्सिलको रिक्त सदस्यमा डा बुढाथोकी र डा झा नियुक्त

मेडिकल काउन्सिलको रिक्त सदस्यमा डा बुढाथोकी र डा झा नियुक्त

मेडिकल काउन्सिलको रिक्त सदस्यमा डा बुढाथोकी र डा झा नियुक्त

काठमाडौं- नेपाल मेडिकल काउन्सिलको रिक्त सदस्य पदमध्ये दुईजनाको नियुक्ति गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्माले बिहीबार मन्त्रीस्तरीय निर्णयमार्फत डा. प्रकाश बुढाथोकी र डा. ईन्द्र कुमार झालाई काउन्सिल सदस्यमा नियुक्त गरेकी हुन्।

नव–नियुक्त डा. बुढाथोकी स्वास्थ्य मन्त्रालयका प्रवक्ता हुन्। उनलाई डेन्टल समूहको प्रतिनिधित्व गर्दै काउन्सिलमा समावेश गरिएको छ। त्यस्तै, वीर अस्पतालमा सेवा दिइरहेका डा. झालाई मेडिकल समूहबाट सदस्य तोकिएको छ।

काउन्सिलका लागि सरकारले अझै एक जनाको नियुक्ति गर्न भने बाँकी रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित समय : १४:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु