global ime bank Long Banner Ad

गृहपृष्ठ दक्षिण कोरियामा अपदस्थ राष्ट्रपति युनमाथि अनुसन्धान हेरफेरको नयाँ अभियोग

दक्षिण कोरियामा अपदस्थ राष्ट्रपति युनमाथि अनुसन्धान हेरफेरको नयाँ अभियोग

दक्षिण कोरियामा अपदस्थ राष्ट्रपति युनमाथि अनुसन्धान हेरफेरको नयाँ अभियोग FILE - Former South Korean President Yoon Suk Yeol, center, arrives at a court to attend a hearing to review his arrest warrant requested by special prosecutors in Seoul, South Korea, on July 9, 2025. (Kim Hong-Ji/Pool Photo via AP, File)

दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युन सुक–योललाई उनिसम्बन्धी अर्को आपराधिक मामिलामा समुद्री डुबान दुर्घटनाको अनुसन्धान हेरफेर गर्न प्रयास गरेको आरोपमा शुक्रबार नयाँ अभियोग दर्ता गरिएको अधिकारीहरूले बताएका छन् ।

यस वर्षको सुरुआतमा डिसेम्बर ३ को मार्शल ल डिक्रीसँग सम्बन्धित विद्रोहको आरोपमा युनमाथि अभियोग लगाइएपछि उनि पदच्युत भएका थिए । जुन महिनामा पदभार सम्हालेपछि नव–निर्वाचित राष्ट्रपति ली जे–म्युङले युनद्वारा मार्शल ल लागू गरेको विषय तथा उनि, उनकी पत्नी र उनका नजिकका सहयोगीहरू संलग्न अन्य घटनाहरूको छानबिनका लागि तीन जना स्वतन्त्र विशेष सल्लाहकारहरू नियुक्त गरेका थिए ।

शुक्रबार एक स्वतन्त्र विशेष वकिलले युन, पूर्व रक्षामन्त्री तथा अन्य १० जनामाथि शक्ति दुरुपयोग गरेको आरोप लगाउँदै सन् २०२३ मा बाढीपीडितहरूको खोजी तथा उद्धार अभियानका क्रममा मृत्यु भएका समुद्री कोरका जवान चाए सु–ग्युनको मृत्युसम्बन्धी अनुसन्धान प्रतिवेदन परिवर्तन गर्ने प्रयास गरेको दाबी गरेका छन् ।

मरीन कर्प्सको प्रारम्भिक प्रतिवेदनले एक डिभिजन कमान्डरलगायत सात जनालाई चाएको मृत्युका लागि जिम्मेवार ठहर गरेको थियो । तर उक्त प्रतिवेदनमा कमान्डरको नाम समावेश भएको प्रति युनले तीव्र असन्तोष प्रकट गर्दै राष्ट्रपति कार्यालय र रक्षा मन्त्रालयका उच्च अधिकारीहरूलाई मरीन कर्प्समा दबाब सिर्जना गरी कमान्डरलाई छुट्याइने गरी प्रतिवेदन संशोधन गराउन प्रेरित गरेको सहायक विशेष सल्लाहकार चौङ मिन–यङले ब्रिफिङमा बताए ।

मरीन कर्प्स अनुसन्धान टोलीका प्रमुख पार्क जङ्ग–हुनले यस्तो दबाब अस्वीकार गर्दै प्रतिवेदन सोझै प्रहरी कार्यालयमा पठाए । तर चौङका अनुसार युनले अधिकारीहरूलाई उक्त फाइल प्रहरीबाट फिर्ता ल्याउन आदेश दिँदै पार्कलाई बर्खास्त गर्न तथा अवज्ञाको आरोपमा अनुसन्धान अघि बढाउन निर्देशन दिएका थिए ।

सहायक सल्लाहकार चौङका अनुसार पार्कको अनुसन्धान प्रक्रिया कानून र सैन्य सिद्धान्तअनुरूप थियो, तर युन तथा अन्य अभियुक्तहरूले ‘व्यवस्थित रूपमा’ शक्ति दुरुपयोग गर्दै मरीन कप्र्सको अनुसन्धान टोलीको ‘निष्पक्षता र स्वतन्त्रता कमजोर पार्ने’ कार्य गरेका छन् ।

जेलमा रहेका पूर्व राष्ट्रपति युनले नयाँ अभियोगबारे तत्काल कुनै टिप्पणी गरेका छैनन । यसअघि उनले आफूमाथि लागेको सबै आरोप अस्वीकार गर्दै आएका थिए ।

युनमाथि विद्रोहको योजना गरेको आरोपमा चलिरहेको मुख्य मुद्दाको फैसला आगामी वर्षको प्रारम्भमा आउने अपेक्षा गरिएको छ । उक्त मुद्दामा दोषी ठहरिए मृत्युदण्ड वा आजीवन कारावाससमेतको सम्भावित सजाय हुनेछ ।

यस्तै, यो महिनाको प्रारम्भमा युनमाथि उत्तर कोरियाली क्षेत्रमा जानाजानी सैन्य तनाव उत्पन्न गर्न तथा मार्शल ल लागू गर्ने औचित्य सिद्ध गर्न ड्रोन उडानको आदेश दिएको आरोपमा पनि अभियोग दर्ता गरिएको थियो ।

प्रकाशित समय : १३:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु