गृहपृष्ठ देशलाई सही दिशामा फर्काउने समय आएको छ : महासचिव पोखरेल
देशलाई सही दिशामा फर्काउने समय आएको छ : महासचिव पोखरेल
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले देशलाई ‘सही दिशामा फर्काउन’ सबै नागरिक एकजुट हुनुपर्ने बताएका छन् ।
शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत स्टाटस लेख्दै उनले शान्ति, सुरक्षा र लोकतन्त्र जोगाउन राष्ट्रिय एकता आवश्यक रहेको जोड दिए ।
पोखरेलले आज ‘राष्ट्रिय स्वयम्सेवक फोर्स’ गठन भएको उल्लेख गर्दै त्यसको भोलिपल्ट अर्थात् मंसिर ६ गते भोली काठमाडौंमा ‘व्यापक जनप्रदर्शन’ रहेको जानकारी दिएका छन् । उनका अनुसार यस्तो प्रदर्शन नागरिकको ‘कर्तव्य र अधिकार’ दुवै हो । उनले लेखेका छन् , ‘अब समय आएको छ–देशलाई सही दिशामा फर्काउने, मंसिर ५ गते राष्ट्रिय स्वयम्सेवक फोर्सको गठन र मंसिर ६ गते काठमाडौंमा व्यापक जनप्रदर्शन—हाम्रो कर्तव्य, हाम्रो अधिकार, शान्ति, सुरक्षा र लोकतन्त्रका लागि एकताबद्ध बनौँ।’
हालैको राजनीतिक बहस, न्यायिक विवाद र सरकारप्रति बढ्दै गएको असन्तुष्टिलाई मध्यनजर गर्दै एमालेले सडक आन्दोलन तथा संगठन विस्तारमा सक्रियता बढाएको छ ।
प्रकाशित समय : १०:२९ बजे



















