global ime bank Long Banner Ad

गृहपृष्ठ निर्माण व्यवसाय विकास परिषद्बाट पुनर्निर्माण कोषमा एक करोड रुपैयाँ सहयोग

निर्माण व्यवसाय विकास परिषद्बाट पुनर्निर्माण कोषमा एक करोड रुपैयाँ सहयोग

निर्माण व्यवसाय विकास परिषद्बाट पुनर्निर्माण कोषमा एक करोड रुपैयाँ सहयोग

निर्माण व्यवसाय विकास परिषद्बाट जेनजी आन्दोलनबाट क्षति भएका भौतिक संरचना पुनर्निर्माण, आर्थिक पुनरुत्थान, राहत र पुनःस्थापनाका लागि स्थापना गरिएको कोषमा एक करोड रुपैयाँ सहयोग प्राप्त भएको छ ।

परिषद् मातहत रहेको निर्माण व्यवसायी कोषबाट हिजो भौतिक पुनर्निर्माण कोषमा रकम जम्मा गरिएको हो ।

परिषद्बाट अध्यक्षसमेत रहेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देललाई रकमको चेक हस्तान्तरण गरे ।

कोषमा अहिलेसम्म सात करोड ५४ लाख जम्मा भएको छ । आन्दोलनबाट क्षति भएका सार्वजनिक तथा सरकारी भौतिक संरचनाको पुनर्निर्माण कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन अर्थमन्त्री अध्यक्ष रहनेगरी भौतिक पुनर्निर्माण समिति गठन गरिएको छ ।

प्रकाशित समय : १२:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु