गृहपृष्ठ कांग्रेस बैठक शनिवारसम्मका लागि फेरि सर्याे
कांग्रेस बैठक शनिवारसम्मका लागि फेरि सर्याे
नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको नेका केन्द्रीय कार्यसमिति बैठक । तस्बिरः गोपाल दाहाल/रासस
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि सरेको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज (बिहीबार) का लागि बोलाइएको बैठक शनिबारसम्मका लागि सरेको जानकारी दिए ।
उनले अब बैठक शनिबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने बताए ।यसअघि कांग्रेसले ३० कात्तिकमा सूचना जारी गरेर १ मंसिरका लागि बोलाइएको बैठक स्थगित गरेर आज (बिहीबार) का लागि बोलाएको थियो ।
प्रकाशित समय : ११:२६ बजे



















