global ime bank Long Banner Ad

गृहपृष्ठ स्थानीयको सहयोगमा वडा कार्यालय पुनःसञ्चालन

स्थानीयको सहयोगमा वडा कार्यालय पुनःसञ्चालन

स्थानीयको सहयोगमा वडा कार्यालय पुनःसञ्चालन

जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त पोखरा महानगरपालिका–१७ को वडा कार्यालय स्थानीयको सहयोगमा सञ्चालनमा आएको छ ।

जनप्रतिनिधिले सहयोगका लागि आह्वान गरेपछि वडाका विभिन्न सङ्घसंस्था र व्यक्तिबाट कार्यालय सञ्चालनका लागि अत्यावश्यक सामग्री उपलव्ध गराइएको थियो ।

वडाध्यक्ष राधिका शाहीका अनुसार कार्यालय सञ्चालनका लागि कम्प्युटर, प्रिन्टर, फोटोकपी मेसिन, सिसी क्यामेरा, खानेपानी एवं आवश्यक फर्निचर स्थानीयले प्रदान गरेका छन् ।

पोखरा–१७ आँखा अस्पताल चोक निवासी गोमादेवी श्रेष्ठले खानेपानीको डिस्पेन्सर, जार र गिलास बोकेर वडा कार्यालयमा आएको जानकारी दिँदै वडाध्यक्ष शाहीले त्यसपछि ४६ सङ्घसंस्था र व्यक्तिबाट सहयोग प्राप्त भएको बताइन।

“बिरौटामा रहेको वडा कार्यालय जीर्ण र साँघुरो भएपछि सेवा प्रवाहमा समस्या थियो ड्यामसाइडको पाँच रोपनीमा चार करोड ५८ लाख २६ हजारमा निर्माण गरिएको भवनबाट भदौ १५ गतेदेखि सेवा सञ्चालन भएको थियो २४ गतेको आन्दोलनमा खरानी भयो”, राज्यको सम्पत्ति नोक्सान भएकामा दुःख व्यक्त गर्दै उनले भनिन । जेनजी आन्दोलनमा पोखरा महानगरपालिका कार्यालयसहित २६ वडा कार्यालयमा आगजनी भएको थियो ।

प्रकाशित समय : १०:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु